Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

गण्डकी प्रदेश समाज कोरिया र ११ जिल्लाको समन्वयमा सामुहिक टिका ग्रहण कार्यक्रम हुँदै।

मिन बि क सौल दक्षिण कोरिया

गण्डकी प्रदेश समाजको प्रमुख आयोजना तथा गण्डकी अञ्चल भित्रका ११ वटै जिल्लाको संयोजनमा दशैंको अवसरमा सामुहिक टिका ग्रहण कार्यक्रमको हुने भएको छ ।

गण्डकी प्रदेश समाजका अध्यक्ष प्रविण गिरीका अनुसार नेपालीहरुको महान पर्व बडादशैको अवसरमा यहि अक्टोवर १२ तारिक साँझ ७ बजेवाट टिका ग्रहण कार्यक्रम आयोजना गरिएको हो । नेपाली धर्मसंस्कृतिको जगेर्ना गर्नुका साथै नेपाली दाजुभाई तथा दिदीबहिनीहबीच आपसी मेलमिलाप, माया, ममता स्नेह र भाईचाराको विकास गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएकोले जानकारी दिनुभयो ।

दक्षिण कोरियास्थित सुवनमा हुने कार्यक्रममा सामुहिक टिका ग्रहण सँगै नेपाली पञ्चे बाजाका साथै नेपाली खानाका परिकारहरुको समेत व्यवस्था गरिएको गिरीले बताउनुभयो । कार्यक्रममा विशेषगरी गण्डकी प्रदेशका ११ वटै जिल्लावाट विभिन्न शिलशिलामा दक्षिण कोरियामा रहेका दाजुभाई तथा दिदीबहिनीहरुका साथै अन्य प्रदेशका सम्पूर्ण नेपालीहरुलाई सहभागिताका लागि अनुरोध गरिएको छ ।
आफुभन्दा ठुला तथा मान्यजनवाट आर्शिवाद लिने र शुभकामना आदानप्रदान समेत गरिने कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि समाजद्धारा सम्पूर्ण नेपालीहरुमा हार्दिक अनुरोध गरिएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय