Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाकै सबैभन्दा ठुलो बहुसाँस्कृतिक महोत्सव माम्फ फेस्टिभल २०२४ मा नेपालबाट कलाकार प्रकाश दुतराज आउने

कोरियाको छाङ्वन शहरमा हरेक वर्ष हुदै आएको बहुसाँस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल'(माम्फ) अक्टोबर ११ तारिख वाट सुरु भएर र १२र १३ तारिख सम्म हुदैछ । १३तारिखका दिन हुन गइरहेको बहुसांस्कृतिक कार्यक्रम माम्फ र नेपालीहरूको महान चाड दशैको शुभकामना आदनप्रदान साथै टीका ग्रहण कार्यक्रमको लागि नेपालबाट ख्याति प्राप्त कलाकार प्रकाश दुतराज कोरिया आउने भएका छन्।

ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गर्दै आएको १९ औं माम्फमा नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, जापान र दक्षिण कोरिया गरी १६ मुलुकहरुले सहभागिता हुने गर्दछ । विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार्यक्रम माम्फमा विभिन्न मुलुकबाट कलाकारहरु आएर आफ्नो साँगीतिक प्रस्तुती पस्कने छन् । यो पटक माम्फका लागि नेपालबाट पछिल्लो समय को ख्याति प्राप्त सफल युवा गायक प्रकाश दुतराज कोरिया आउने भएका हुन्। bishaal awaja

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय