Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा ट्याक्सी चढेर भाडा नदिई ट्याक्सी चालकलाई कुटपिट गरेर एक विदेशी फरार … प्रहरीको खोजी जारी

सौल कोरिया
मादक पदार्थ सेवन गरी एक विदेशी यात्रुले ट्याक्सी चालकलाई कुटपिट गरीफरार भएका छन् । प्रहरीले फरार यात्रुको खोजी गरिरहेको छ तर पहिचान गर्न सजिलो नभएकाले उनलाई पत्ता लगाउन गाह्रो भइरहेको प्रहरीले जनाएको छ।

सिसिटिभी फ़ुटेजलाइ आधार मान्दा आईतबारको बिहानी पख Gyeonggi-do मा Dongducheon सिटी हल नजिकै रोकिएको ट्याक्सी पछाडि दुई पुरुष देख्न सकिन्छ।अर्को एक व्यक्ति फोनमा कुरा गरिरहेको व्यक्तिको विरोध गरिरहेको जस्तो देखिन्छ, र त्यसपछि अचानक उनीतिर दौडन्छ र फोन समातेको व्यक्ति भने भाग्छ।

७० वर्षका ट्याक्सी चालक विदेशी यात्रुले कुटपिट गरेपछि आफु ढलेको र रगत बग्न थालेको त्यसको केहि समय सम्म आफु बेहोस भएको भनेर प्रहरीलाई बयान दिएका छन्। प्रहरीलाई रिपोर्ट भने उनले आफु बेहोस हुनुपूर्व नै गरेको बताएका छन्।

ट्याक्सी चालक भन्छन् कि बिहान सबेरै सियोलको होंग्देमा ट्याक्सी चढेका चार जना विदेशी यात्रुहरूमध्ये अन्तिममा बाँकी रहेका एक जना रक्सीले मातेका यात्रुले उनलाई कुटपिट गरे।मैले ट्याक्सीको भाडा तिर्न आग्रह गर्दा उनले विरोध गरे र कुटपिट गरे । मैले पैसा तिरेर ओर्लन भनें त्यसपछि, पैसा नतिरी ट्याक्सीबाट निस्क्यो त्यसपछि म उसको पछि लागे र पैसा मागेँ, तर उसले मलाई नराम्ररी पिट्यो। म यसरी मर्ने रहेछु भनेर सोचेको थिए तर बाँचे।

चालकको टाउकोमा गहिरो चोट लागेको छ , गालाको हड्डी भाँचिएको छ।

प्रहरीले एक विदेशी यात्रुले नजिकैको क्रेडिट कार्ड प्रयोग गरेको पुष्टि गरेका छन् तर यो विदेशी क्रेडिट कार्ड भएकाले यात्रुको पहिचान र ट्र्याक गर्न गाह्रो भएको बताएका छन्।
अहिलेसम्म खोजि कार्य जारी रहेको तर पक्राउ गर्न भने सकिएको छैन।

 

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय