Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

तमू धीं द.कोरियाले स्थापनाको २५औं वर्षको अवसरमा स्मारिका प्रकाशीत गर्दै , लेख/रचना उपलब्ध गराउन अपिल

तमू धीं द.कोरियाले स्थापनाको २५औं वर्षको अवसरमा स्मारिका प्रकाशीत गर्दै , लेख/रचना उपलब्ध गराउन अपिल गर्दै बिज्ञप्ति जारी गरेको छ।

तमूहरुको विश्वव्यापी नारालाई आत्मसात गर्दै तमू भाषा, लिपी, भेषभुषा, संस्कार र संस्कृतिको संरक्षण गर्दै आपसी स‌द्भाव र एकताको साथै कोरियावासी तमूहरुलाई आईपर्ने विभिन्न समस्याहरु समाधान गर्ने उद्देश्यले स्थापित कोरियावासी तमूहरुको गौरवशाली साझा संस्था तमू धीं दक्षिण कोरियाले आफ्नो स्थापनाको २५औं वर्षको अवसरमा रजतजयन्ती उत्सवको आयोजना गर्दै गरेको तमू धीं द.कोरियाले जानकारी गराएको छ।
स्थापनाको २५औं वर्षको अवसरमा(स्मारिका) प्रकाशन गर्न लागेको जानकारी गराउदै प्रकाशन हुन लागेको स्मारिकाको लागि उआफ्नो लेख रचनाहरु उपलब्ध गराईदिनुहुन सम्बद्ध सबैमा अनुरोध गरेको छ।
बिज्ञप्ति यस प्रकार रहेको छ।

सम्पूर्णमा छ्याजलो/नमस्कार????????????
“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु मस्याँ म्हि म्हमुँ”, भन्ने तमूहरुको विश्वव्यापी नारालाई आत्मसात गर्दै तमू भाषा, लिपी, भेषभुषा, संस्कार र संस्कृतिको संरक्षण गर्दै आपसी स‌द्भाव र एकताको साथै कोरियावासी तमूहरुलाई आईपर्ने विभिन्न समस्याहरु समाधान गर्ने उद्देश्यले स्थापित कोरियावासी तमूहरुको गौरवशाली साझा संस्था तमू धीं दक्षिण कोरियाले आफ्नो स्थापनाको २५औं वर्षको अवसरमा रजतजयन्ती उत्सवको आयोजना गर्दै गरेको सहर्ष जानकारी गर्दछौं। यो सुखद अवसरमा आफ्नो मुखपत्र(स्मारिका) प्रकाशन गर्न लागेको जानकारी गराउदै हाम्रो यो गरिमामय क्षणमा प्रकाशन हुन लागेको स्मारिकाको लागि तपशिलका उल्लेखित बिषयहरुमा केन्द्रित रहि आफ्नो लेख रचनाहरु उपलब्ध गराईदिनुहुन सम्बद्ध सबैमा विनम्र अनुरोध गर्दछौं ।

लेख/रचनाका प्रकारहरु:
* तमू, भाषा, संस्कार र संस्कृतिको बारेमा।
* सन्देशमुलक एवं ज्ञानवर्द्धक लेख।
* जीवन भोगाई र अनुभवहरुको लेख।
* प्रेरणादायी कथा/जीवनी (सम्बन्धित व्यक्तिहरूको मात्र)।
* सफलताको कथा (सम्बन्धित व्यक्तिहरुको मात्र)
* तमू भाषाका कुनै पनि लेख रचनाहरु जस्तै:- गीत, गजल, कविता, मुक्तकहरुलाई विशेष प्राथमिकतामा रहनेछ।
क. लेख/रचनाहरु २०२४ जुलाई २१ आइतबार सम्म आइपुग्नु पर्नेछ।

लेख/रचनाहरु पठाउनको लागि:-
tamudhinkorea@gmail.com
गुगल फारामः-
https://forms.gle/u2bCC5Em79xgnsHe8

सम्पर्क :-
भीम गुरुङ्ग 010-8328-8019 (संयोजक, स्मारिका प्रकाशन समिती)
बिजय गुरुङ्ग 010-4407-9776 (सम्पादक, स्मारिका प्रकाशन समिति)
सन्तोष गुरुङ्ग 010-2153-2881 (सचीव, स्मारिका प्रकाशन समिती)
ज्ञासजे????????
स्मारिका प्रकाशन समिती, तमू धीं दक्षिण कोरिया ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय