Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा दलाली गरेको अभियोगमा एक जना नेपाली पक्राउ

कोरियाको थेगु स्थित गैरकानुनी तरिकाले अवैध रोजगारीको ब्यबस्था गरि कम्पनीबाट मासिक रुपमा आम्दानी गरेको आरोपमा एक जना नेपाली दलाललाई पक्राउ गरि अबैध धन आर्जन गरेको अभियोगमा मुद्दा चलाएको छ।

उनी माथि सन् २०२२ को अगस्टदेखि हालसम्म ख्योङसाङ-सि, ख्योङसाङ्बुक-दोमा रहेको कम्पनीमा नेपालीलाई काममा लगाइ कम्पनीका प्रतिनिधिबाट हरेक महिना लाखौं वोन लिइरहेको आरोप छ।

उनले गैरकानूनी नेपाली हरू, मौसमी कामदारहरू (कृषि र माछा मार्ने उद्योगमा ८ महिनासम्म काम गर्न पाउने विदेशीहरू), अन्तर्राष्ट्रिय विद्यार्थीहरू र शरणार्थी आवेदकहरूका लागि गैरकानुनी रोजगारीको व्यवस्था गरेको पाइएको छ । कोरियामा १६ वर्षसम्म बसेका उनी कोरियन भाषा राम्रो बोल्न सक्थे । लामो समयदेखि गैरकानुनी विदेशी कामदार लाई काम दिलाएर गैरकानुनी रोजगारीलाई प्रोत्साहन गर्ने गरेको उक्त नेपाली लाई थेगु अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।

विशेष गरी, उसले मौसमी कामदारको रुपमा आएको ५१ जना नेपाली हरुलाई बिभिन्न प्रलोभनमा पारेर काम छोड्न लगाइ तिनीहरूलाई अन्तै गैरकानुनी रुपमा रोजगारीको व्यवस्था गरेको पाइएको हो । साथै कुनै निश्चित कार्यस्थलमा मात्र काम गर्ने सर्तमा भिसा पाएको विदेशी कामदारलाई समेत आफूले राम्रो ठाउमा काम दिन सक्ने भनी काम गरिरहेको कम्पनी छोडेर अन्तै सार्ने समेत गरी ठगी गरेको अनुसन्धानले देखाएको छ।

ब्रोकर ले गैरकानुनी बिदेशी हरुलाई काममा लगाउन सामाजिक सञ्जालमा जस्तै ‘भिसा बिना पनि काम पाउन सक्नुहुन्छ’ र ‘भिजिट भिसा लिनुहोस् र कोरिया आउनुहोस् र हामीलाई सम्पर्क गर्नुहोस्’। जस्ता पोस्टहरू पोस्ट गरेको पाइएको थियो ।

थेगु अध्यागमन र बिदेशी अध्यागमन कार्यालयले गैरकानूनी रोजगारीको मिलाउने दलालहरूमाथि अनुसन्धान गरेर मौसमी कामदारको रुपमा आएर गैरकानुनी रुपमा काममा हुने क्षतिलाई रोक्ने घोषणा गरेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय