Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा आफ्नै साथीहरु बीच झगडा हुँदा एक जना युवाको मृत्यु

दक्षिण कोरियामा आएर आ आफ्नै साथीहरु बीच झगडा हुने गरेको हामीले समाचारहरु तथा सामाजिक संजालमा देख्दै सुन्दै आईरहेका थियौं। गत शनिबार राति यस्तै किसिमको एउटा दुखद घटना भयो।
कोरियाको सौलबाट नजिकै पर्ने खिम्पोको मासोंग स्थित आफ्नै देशका साथीहरु बीच झगडा पर्दा एक जना श्रीलंकाका युवाले ज्यान गुमाएको खिम्पो प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार करिब रातको १२ बजे बीच सडकमा ४ जना युवाहरु झगडा परेको थियो।
झगडा परेर भागेका उनका साथीले साथि पछिपछि आएको अनुमान गर्दै भागेका थिए तर साथीलाई धेरै बेर कुरेपछि पनि आफ्नो साथि नआएपछि उनले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले झगडा गरेको ठाउँको सिसिटिभी फुटेजकाआधारमा उनको साथीलाई सडकको कुनामा फलामको माथी लडेको अबस्थामा भेट्टाएको थियो तर त्यो बेलासम्म उनको मृत्यु भैसकेको थियो।मृत्यु हुने २० बर्षका श्रीलंकाली युवा रहेको बुझिएको छ। उनि E-9 भिषामा रहेका थिए।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनको छातीमा चोट लागेर मृत्यु भएको भनेको छभने ३ जनालाई पक्राउ गरि थप अनुसान्धान गरिरहेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय