Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा दोस्रो खप्तड कप प्रतियोगिता हुँदै

सुदुरपश्चिम समाज दक्षिण कोरियाले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । समाजले दोस्रो खप्तड कप भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । जुलाइ १४ तारिक आइतबार संचालन गरिने प्रतियोगिताको समाजले तयारी तिव्र पारेको छ ।

स्वस्थ बिचार र व्यबहार खेलकुद नै मुख्य आधार भन्ने मुल नाराका साथ हुने प्रतियोगिता को टाइसिट जुलाई को ०७ तारिक दिउँसो ०२ बजे एभरेस्ट करि रेस्टुरेन्ट दोङ्ग्देमुनमा राखिएको छ । दक्षिण कोरिया को सुवन शहर स्थित खेलिने प्रतियोगिता को जुलाई ०७ तारिक दिउँसो १२ बजे सम्म टिम दर्ता समय रहेको समाजका सदस्य भिम जागरीले जानकारी दिए ।

जागरीका अनुसार एक भव्य औपचारिक कार्यक्रम का बिच प्रतियोगिता उदघाटन गरिने छ । उक्त कार्यक्रम मा कुटनितिक नियोगका प्रतिनिधि , विभिन्न संघ संस्थाका प्रमुख , एनाआरएनए दक्षिण कोरिया का पदाधिकारी ,एनसिसिका पदाधिकारी लगायत खेल प्रेमी सम्पुर्ण नेपाली समुदाय को उपस्थिती रहने छ ।सुप समाज हरेक संघ संस्था संग सहकार्य गर्दै आएको दुई दशक देखि सकृय समाज भएकोले पनि प्रतियोगिता को शोभा बढाइदिन सम्पुर्णमा उपस्थितिको लागि समाजले सम्पुर्णमा हार्दिक अपिल गरेको छ ।

समाजले प्रतियोगिता मा बिजेता टिमलाई ट्रफी मेडल र प्रमाणपत्र सहित २० लाख वन पुरस्कार , उपबिजेता टिमलाई ट्रफि मेड्ल र प्रमाणपत्र सहित १२ लाख वन , मेडल र प्रमाणपत्र सहित ४/४ लाख वन सान्त्वना पुरस्कर को व्यवस्था पनि गरेको छ । समाजले सम्पुर्ण संघ संस्था , भलिबल क्लब सम्पुर्ण मा समयमै टिम दर्ता गर्न अनुरोध गरेको छ ।

समाजले कोरियामा रहेका विभिन्न किसिमबाट पीडित श्रमिक को उद्घार, नेपाल मा आइपर्ने बिपत्ति मा राहत वितरण , असहाय पीडित हरुलाइ राहत वितरण जस्ता कार्यहरू निरन्तर रुपमा संचालन गर्दै आएको छ । उक्त प्रतियोगिता सम्पुर्ण तयारी पूरा भएको जनाउदै नेपाली समुदाय मा सहभागीताको लागि आव्हान गरेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय