Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

देशको बिडम्बनाः इन्सपेक्टर भर्नामा २७ सयको आवेदन, कोरिया जान डेढ लाख

देशमा सरकारी सेवामा आकर्षण घट्दै गएको छ भने विदेश जान अत्याधिक आकर्षण छ । हालैको दुई तथ्याङकले यही देखाउँछ ।

नेपाल प्रहरीले ९२ जना इन्सपेक्टर माग गरेकोमा जम्मा दुई हजार सात सय ९२ आवेदन परेको छ । उता, वैदेशिक रोजगारीमा कोरिया जानका लागि भने एक लाख ४४ हजार आवेदन परेको छ । प्रहरीमात्र होइन सेना र निजामतीको जागिरमा पनि युवापुस्ताको आकर्षण घट्दै गएको छ । यसले देशको बिडम्बनापूर्वक अवस्था चित्रण गर्दछ । अवस्था कस्तोसम्म छ भने कतिपय सुरक्षाकर्मी समेत राजीनामा दिएर कोरिया गइरहेका छन्।

पछिल्लो समय युवा पुस्तामा देशको भविष्यप्रति नकारात्मक धारणा बढ्दै गएको छ । जसकारण हरेक महिनामा ठूलो संख्यामा युवावर्ग विदेशिने क्रम बढेको छ । यसले देशलाई दुरगामी असर पार्ने विज्ञहरुले बताएका छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय