Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

Shipbuilding मा फेल हुनेले पनि परीक्षा दिन पाउने गरि छलफल जारी -इपिएस कार्यालय

मीन बि क दक्षिण कोरिया

इपिएस कार्यालय ग्वार्कोमा shipbuilding ( पानी जहाज ) पीडितहरुले गरेको आन्दोलनलाई इपिएस कार्यालय ग्वार्कोले प्रेस विज्ञप्ती जारी गरेर मागलाई  सम्बोधन  गरेको छ ।

इपिएस कार्यालय ग्वार्कोका अनुसार बैदेशिक रोजगार विभाग अन्तर्गतको यस ई.पि.एस. कोरिया शाखावाट २०२३ को Shipbuilding तर्फको परीक्षामा सहभागी भएका परीक्षार्थीहरुले उक्त बुदा हटाउनको लागि इपिएस कार्यालयमा ज्ञापन पत्र पेश गरी धर्ना, जुलुस जस्ता कार्यहरु गरिरहेको सम्वन्धमा इपिएस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ज्ञापन पत्रमा उल्लेख गरिएको मागको सम्बन्धमा दक्षिण कोरियाको नेपाल स्थित सम्पर्क कार्यालय HRD Service of Korea, EPS Center Nepal र अन्य सम्बन्धित निकायहरुसगँ  इपिएस कार्यालयले छलफल गरिरहेको । सो विषयमा अन्तिम निश्कर्ष निस्कन केही समय लाग्ने देखिएकोले निष्कर्ष आउना साथ इपिएस  कार्यालयबाट सूचना प्रकाशित गर्ने जनाएको छ ।

Trip

तसर्थ जहाज निर्माण तर्फ अनुत्तीर्णहरुले पनि परिक्षाको फाराम भर्न मिल्ने गरि सुचना आउन सक्ने अनुमान गर्न सकिन्छ ।

इपिएस कार्यालयले जारी गरेको विज्ञप्ति यस प्रकार रहेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय