मीन बि क दक्षिण कोरिया ,
दक्षिण कोरियाको उत्पादन क्षेत्रको लागि भाषा परिक्षाको आवेदन खुल्ला गरेको छ । अनुमानित १५ हजार ८ सय ४८जना भाषा परिक्षामा उत्तीर्ण गराईनेछ ।
आवेदन दर्ता मितिः २०८० पुस २ गते सोमवार देखि ६ गते शुक्रवार (तदानुसार December 18 December 22, 2023) सम्म रहनेछ ।
आवेदन दर्ता प्रकृयाः- परीक्षा आवेदन फाराम https://eoers.epsnepal.gov.np मा गई अनलाईनबाट मात्र भर्नुपर्नेछ।
आवेदन दर्ताका लागि आवश्यक कागजातहरू :
• आवेदकले आवेदन फाराम भर्दा राहदानीको फोटो भएको पेज (वायो पेज) को रंगिन (Colour) स्क्यान गरेको JPG Image file (Width 600 pixels, Up to 100KB) अपलोड गर्नु पर्नेछ ।
४. परीक्षा संचालन :- UBT Building भैसेपाटीमा Shift प्रणालिमा संचालन हुनेछ । परीक्षामा सामेल हुनु भन्दा
१ दिन अगाडी EPS कार्यालय, ग्वार्कोमा आएर Biometric Registration गर्ने र परीक्षा को दिन परीक्षा संचालन हुने भन्दा २ घण्टा अगाडि परीक्षा भवन पुग्नु पर्ने छ।
५. आवेदकको योग्यता :-
क) उमेर १८ वर्ष देखि ३९ वर्ष भित्रका नेपाली नागरिक, अर्थात सम्बन्धित उम्मेदवारको जन्म मिति सन् १९८३ डिसेम्बर १९ देखि सन् २००५ डिसेम्बर १८ (तदानुसार वि.सं. २०४० पुस ४ देखि २०६२ पुस ३ बीचको हुनु पर्नेछ ।
ख) कुनै फौजदारी अभियोगमा सजाय नपाएको ।
ग) गणतन्त्र कोरियामा गई गैह्र कानूनी गतिविधिमा संलग्न भई वा गैह्र कानूनी रुपमा बसोवास गरी कोरियाबाट फिर्ता नपठाइएको ।
घ) कोरियामा E-9 र E-10 भिषामा पाँच वर्ष भन्दा कम अवधि बसेको ।
ड) Color Blindness, Color weakness Disk & Finger Amputation नभएको ।
च) सन् २०२३ भित्र EPS-TOPIK परीक्षा का लागि आवेदन नदिएको।
६) परीक्षा शुल्क : परीक्षा शुल्क अमेरिकी डलर २८ (अठ्ठाईस) (USD 28) लाग्नेछ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ अनलाईन भुक्तानी प्रदायक संस्थाहरु मार्फत मात्र बुझाउन सकिनेछ । फर्म भर्दाको चरणमा नै https://eoers.epsnepal.gov.np प्रणालीमा भुक्तानी सम्वन्धी व्यवस्था देखिनेछ ।
नोट : कोरियाली भाषा परीक पास गर्नु भनेको कोरिया जाने ग्यारेन्टी भने होइन ।