Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

कोरियाली भाषा परिक्षा: सीप बिल्डिङको नतिजा सार्वजनिक ,४ हजारभन्दा बढी उत्तीर्ण

मीन बि क सौल दक्षिण कोरिया,

ईपीएस प्रणाली अन्तर्गत लिईएको कोरियाली भाषा परिक्षा सीप विल्डङ तर्फको नतिजा सार्वजनिक भएको छ । उक्त परिक्षामा  ४ हजार   ९८ जना  उत्तीर्ण  भएका छन्।

ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीका अनुसार परीक्षामा ३२ हजार ५०७ जना सहभागी भएका थिए भने  ती मध्ये ३० हजार ३५४ जना पुरुष र २ हजार १५३ महिला सहभागी भएका थिए।

Trip

असोज १ गतेबाट सुरु भई मङ्सिर ७ गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो।  उत्तीर्ण ब्यक्तिहरुको लागीअब छिट्टै दोस्रो चरणको स्किल टेस्ट गर्नेछ ।दोस्रो  चरणमा स्किल टेस्टको परीक्षा तालिका सार्वजनिक गरिनेछ। दोस्रो चरण पार गर्नेहरु कोरिया जान योग्य हुनेको सुचिमा सुचिकृत हुनेछन । भाषा पास गर्दैमा कोरिया जाने ग्यारेन्टी भने हुदैन ।

इपिएस कार्यालयको आधिकारिक सुचना यस रहेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय