Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा कामको दुुई क्षेत्र थपियो,एक हप्ताभित्रै आवेदन खुलाउने तयारीमा ईपीएस कार्यालय ।

 

दक्षिण कोरियाले यस वर्षदेखि पाँच क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ। कोरिया सरकारले अबदेखि कृषि र उत्पादनमूलक क्षेत्रसहित अन्य थप तीन वटा क्षेत्रमा कामदार लैजाने भएको लैजाने रोजगार अनुमति प्रणाली इपीएस कोरिया शाखाले जनाएको छ ।

कोरियन सरकारले हाल नेपालबाट लैजाने गरेको दुई क्षेत्रबाहेक अन्य तीन क्षेत्र थपमा नेपाली कामदार लाने घोषणा गरेको छ । उक्त क्षेत्र थप गरेसँगै रोजगारीको दायरा बढेको छ ।सन् २००८ मा श्रम सम्झौता गरेको दक्षिण कोरियाले हालसम्ममा कृषि क्षेत्र तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा कामदार लैजाने गरिरहेको छ । त्यसमा गत वर्षबाट सीप बिल्डिङमा पनि रोजगारीको लागि खुल्ला गरेको थियो ।

गत वर्ष सीप बिल्डिङमा खुला गरेको क्षेत्रको परीक्षा पनि भइसकेको छ भने आगामी हप्तामा नतिजा प्रकाशित गर्ने तयारी गरेको छ । त्यस्तै, कोरियाले आगामी दिनमा निर्माण र सेवा क्षेत्रमा पनि कामदार लैजाने सम्झौता भएको इपीएस कोरिया शाखाले जनाएको छ ।‘सेवा क्षेत्रको रेष्टुरेन्ट, होटल, हस्पिटल वन पैदावारलगायत अन्य क्षेत्रमा लैजाने भएको छ,’ उक्त रोजगारीको बाटो खुल्ला गरेसँगै नेपालीहरू पाँच क्षेत्रमा जान पाउनेछन् ।’

त्यस्तै, सरकारले आगामी एक हप्तामा उत्पादनमूलक क्षेत्रको आवेदन खुलाउने तयारी गरेको छ । अबको एक हप्तामा उत्पादनमूलक क्षेत्रमा भाषा परीक्षाका लागि आवेदन खुलाउने तयारी गरेको इपीएस शाखाको भनाई छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय