मिन बि क , कोरिया
इन्छन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन हलमा हृदयघात भएर ढलेका ७० वर्षीय एक जापानी नागरिकलाई न्याय मन्त्रालयका एक कर्मचारीले सिपिआर दिएर बचाएका छन्
विमानस्थलका अधिकारीहरुका अनुसार ७ तारिखका साँझ ५ः१५ बजे इन्छन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ को दोस्रो तल्लामा रहेको अध्यागमन हलमा ७० वर्षीय एक जापानी नागरिक ढलेका थिए ।
आगमन कक्षमा यात्रुहरूको लाईन हुदै गर्दा उनि एक्कासी सबैलाई अचम्मित बनाउदै ढलेका थिए। उनि संगै आएका साथीहरु पनि अचम्ममा परेर केहि बोल्न सकिरहेका थिएनन।
यात्रु आचानक ढलेको थाहा पाएपछि अध्यागमन विभाग तथा विदेशी एजेन्सी स्क्रिनिङ डिभिजन १३ का प्रमुख जुङ जोङ–सिओप ले तुरुन्तै ती व्यक्तिको शर्ट र बेल्ट खोलेर छातीमा दुई हात राखेर जोड जोडले सिपिआर दिन लागे भने उनका दुई जना सहकर्मीले तुरुन्तै हात र खुट्टा समातेर मालिस गर्न थाले।
जुङले करिब 10 मिनेटको सम्म सीपीआर जारी राखे त्यति बेला सम्म एयरपोर्ट एम्बुलेन्स आईसकेपछि उनले एम्बुलेन्सको टिमलाई हस्तान्तरण गरे लगत्तै विमानस्थलको आपतकालीन केन्द्रमा लगे। सौभाग्यवश, जापानीहरू होशमा आए।उनि जापानको होक्काइडोको तोमाकोमाई शहरका मेयर हिरोफुमी इवाकुरा भएको पुष्टि भएको छ।