Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

आगलागीमा फसेकी ६९ बर्षीय कोरियनलाई उज्वेकी नागरिकले आफ्नो ज्यान दाउमा राखेर बचाए ।

मीन बि क सौल दक्षिण कोरिया

 

कोरियाको ख्यङसान नाम्दो स्थित एक रेष्टुरेन्टमा अचानक आगलागी हुँदा उक्त आगलागीमा फसेकी ६९बर्षीय एक कोरियन नागरीकलाई उज्बेकी नागरिकले आफ्नो ज्यानको पर्वाह नगरी बचाएका छन ।

प्रत्यक्षदर्शीका अनुसार एक्कसी केहि  पड्किएर जस्तो गरि ठूलो आवाज आएको र हेर्दाहेर्दै रेस्टुरेन्टलाई आगोले घेरिसकेको थियो भने भित्र कोहि मानिस कराईरहेको आवाज आएको थियो ।

Trip

पैफल हिडिरहेका उज्वेकिस्तानका ४० बर्षीय एक ब्यक्ती आगलागी भएको स्थान हेर्दै गर्दा बृद्दा महिला अत्तालिएको देखे पछि उनि  सिधै भित्र गएर उक्त बृद्दालाई तानेर ल्याएको बयान प्रहरी समक्ष दिएका छन । उनी र बृद्दालाई आगोले सामान्य घाईते बनाएको थियो भने अहिले उनिहरु दुवैजना पुर्ण रुपले खतरा मुक्त रहेका छन ।

उनको यस कार्यको चौतर्फी प्रशंसा भैरहेको छ । विभिन्न संचारमाध्यममा उनको अन्तर्वार्ताहरु पनि आईरहेका छन ।

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय