नेपाल गोरखा परिवार दक्षिण कोरियाको १२औं अधिवेशनले दिपक श्रेष्ठलाई अध्यक्षमा सर्व सम्मत चयन गरेको छ । आज भएको १२औं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको कोरियाबाट जीवन श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले दिएको जानकारी अनुसार वरिष्ठ उपाध्यक्षमा देवी गौतम, उपाध्यक्षमा अनिल भट्टराई, मिलन श्रेष्ठ र जीवन श्रेष्ठ चयन भएका छन् ।
अधिवेशनले महिला उपाध्यक्षमा मिता गुरुङ, महासचिवमा अशोक खड्का, सचिवमा राजन बोहोरा र सुवास बगाले र कोषाध्यक्षमा भोजराज खनाल तथा सहकोषाध्यक्षमा सहदेव वानियाँ लाई चयन गरेको छ । त्यस्तैगरी, विध्यार्थी संयोजकमा तारानाथ लामिछाने, महिला संयोजकमा कुसुम देवकोटा र सदस्यहरुमा कृष्णकुमार श्रेष्ठ, कमल कोईराला, पिताम्बर पाण्डे, राजकुमार गुरुङ र मुन राना चयन भएका छन् ।
२१ सदस्यीय समितिमा हाल १८ जना चयन भएकाे र पछी ३ जना थप गर्ने गरी समिति निमार्ण गरिएकाे उपाघ्यक्ष जीवन श्रेष्ठले जानकारी दिए ।
सन २००२ मा स्थापना भएको नेपाल गोरखा परिवार दक्षिण कोरियाले रोजगारीको लागि गोरखाबाट कोरिया पुगेका दाजुभाई तथा दिदीबहीनीहरूलाई आपतबिपतमा सहयोग गर्दै आएको छ ,
त्यस बाहेक पनि नेपाली चाढपर्वमा परिवारले विभिन्न कार्यक्रम आयोजना गरेर सुख दुःख साटासाट गर्दै आएको छ । स्थापना संगै परिवारले सामाजिक तथा परोपकारी काम पनि हात हाल्दै आएको श्रेष्ठले जानकारी दिए ।