राजु श्री ,सौल दक्षिण कोरिया
नेकपा माओवादी केन्द्रको प्रबास संगठन जनप्रगतिशिल मन्च कोरिया ले ‘माओवादी विशेष रुपान्तरण अभियान : जनता सग माओवादी’ भन्ने पार्टी को अभियान लाई कोरियामा पनि लागु गर्ने भएको छ ।
माओवादी पार्टी सग आस्था राख्ने र संगठित हुन चाहने प्रगतिशिल बिचार भएका साथिहरु लाइ सदस्यता बितरण गर्दै संगठनमा एकीकृत गराउन जनप्रगतिशिल मन्च कोरियाले विशेष योजना नै बनाएको जनाइएको छ ।
मन्च ले आगामी महिना बाट आफ्ना सम्पुर्ण क्षेत्रीय संगठन हरुमा व्यापक सदस्यता बितरण गराउदै अधिबेशनको शुरुआत समेत गर्ने योजना बनाएको छ । साथै सिङ्गो पार्टी र संगठन प्रति अपनत्व महसुस गराउन प्रशिक्षण अभियान समेत चलाउने भएको छ । त्यसको पुर्ब तयारी स्वरुप पुर्ण केन्द्रिय समितिको बैठक यहि छुसकको अबसर पारेर सौल मा बस्दै छ ।उक्त बैठक बाट संगठन भित्र रिक्त रहेका पद हरुमा पदपूर्ति गर्दै केहि जिम्मेवारि हरुमा हेरफेर समेत गरिने मन्चका अध्यक्ष इश्वर कठायतले बताएका छन् ।
लामो समय देखि सशक्त रुपमा रहेको माओवादी को प्रबास संगठन कोरियामा निकै मजबुद समेत रहेको छ । ५ वटा क्षेत्रीय कमिटि सहित संगठनमा ४५ सदस्यीय केन्द्रिय सदस्य रहेका छन् भने १५ सदस्यीय पदाधिकारी टिम रहेको संगठन बिभाग प्रमुख जीवन खतिवडाले बताए । संगठित र साधारण गरेर हाल ९ सय को हाराहारीमा सदस्यता रहेको समेत खतिवडाले दाबी गरेका छन् ।
पछिल्लो समय ‘गर या मर’ को अबस्थामा रहेको माओवादी पार्टी ले रूपान्तरण अभियान स्वरुप देशब्यापी अभियान चलाएको छ । हिजो आज युद्धकालिन समयको झल्को दिने गरि माओवादी नेता तथा कार्यकर्ता हरु गाउघरमा उपस्थित भएर जनता सग प्रत्यक्ष्य जोडिएका छन् । केन्द्रमा सरकारको नेतृत्व गरेका प्रचण्ड ले दिन प्रतिदिन लोकप्रियता हासिल गर्दै जनमुखी कामहरु गर्ने प्रयास गरेका छन् ।