Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

दक्षिण कोरियाले २०२७ मा ३लाख बिदेशी बिद्यार्थी भित्र्याउने , बिद्यार्थीलाई ३ बर्ष काम गर्ने अनुमति दिदै।

दक्षिण कोरियाले सन् २०२७ सम्ममा तिन लाख विदेशी विद्यार्थी भित्राउने लक्ष्यसहितको योजना सार्वजनिक गरेको छ । यहाँका विश्वविद्यालयहरुमा घट्दो घरेलु विद्यार्थीको समस्या सम्बोधन गर्न यस्तो योजना अघि सारेको हो ।

कोरियाली शिक्षा मन्त्री इ जु हो ले गत हप्ता सार्वजनिक गर्नुभएको पञ्चवर्षिय योजनाले कोरियालाइ विश्वको दश उत्कृष्ट उच्च शिक्षाको गन्तव्यमुलुक बनाउने लक्ष्य प्राप्त गर्नेछ ।

 

Trip

त्यस्तै दक्षिण कूरियाले कोरियामा स्नातक गरेका बिध्यार्थिलाई ३ बर्ष काम गर्ने अनुमति दिने तयारी गरिरहेको छ भने भिषा परिवर्तनमा सहजता प्रदान गर्ने गरि कानुन निर्माणमा जोड गरिरहेको छ।

यो योजनाको नाम राखिएको छ” स्टडी कोरिया ३०० के “। त्यस्तै यसै योजनामा विद्यार्थि भिसामा सहजता, बैँक ब्यालेन्सको सिमा घटाउने, भाषाको योग्यताको सिमा पनि घटाउने तथा काम गर्न पाउने समय बढाउने र अध्ययन पश्चात लामो समय कोरिया बस्न चाहने विद्यार्थीहरुलाइ त्यसै अनुरुपको भिसा उपलब्ध गराउने लगायत बिषय समेटिएका छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय