Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

विश्वकर्मा समाजले तेस्रो विश्वकर्मा भलिवल कप अगष्ट २७ मा गर्दै ।

भिम बराईली, सौल दक्षिण कोरिया

स्वास्थ्यको लागि खेल भाइचाराका लागी मेल भन्ने मुल नाराको साथ विश्वकर्मा समाज दक्षिणले यही अगष्ट २७ तारिकका दिन तेस्रो बिश्वकर्मा भलिवल कप २०२३ गर्ने भएको छ ।

कोरियामा रहदा आइपर्ने विभिन्न आपतकालिन अवस्था साथै नेपालमा रहेका अशक्त तथा विपतमा रहेका महानुभावहरुलाइ सहयोग गर्दै आइरहेको समाजले कापतकालित राहत कोष वृद्धि र विकासका लागी तेस्रो विश्वकर्मा भलिवल कपको आयोजन गरिएको संस्थाका अध्यक्ष भिम बराइलीले जानकारी दिनु भयो ।

प्रदेशमा कामको तनाव कम गर्ने, खेल र खेलाडीको मनोवल वृद्धि गर्ने नेपाली दाजुभाइमा भाइचारा निमार्णको लागी यस भलिवल खेलले थप टेवा पुयाउने बताउदै खेल संयोजक मुकेश सेन्चुरीले विगत जस्तै सबैको साथ सपोष्ट रहनेमा आफू ढुक्क रहेको बताउनु भयो ।

थेसो कुक्मीन छेक सेन्टरमा आयोजना गरिएको तेस्रो विश्वकर्मा भलिवल कपको मुख्य प्रायोजक अन्नपूर्ण रेस्टुरेष्ट, सहप्रायोजकमा JRF remit रहेको छ ।

सबल समुन्नत समाज विकासमा क्रियाशिस समाजले सूस्मीता बचाउ अभियान, श्रमण कुमार बचाउ अभियान, याम कुमारी थापा सहयोग अभियान, रुकुम घटना सहयोग अभियान, बैतिडका बालबालिकालाइ सहयोग, विनोद बचाउ अभियान, सन्जु थापा बचाउ अभियान, सानु कुमार बचाउ अभियान जस्ता अनेकौ सहयोग अभियान गरेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय