Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाको लागि रोजगार प्रणाली इपिएस परिक्षाको फाराम खुल्यो, २हजार ५ सय जना कोरिया जाब पाउने ।

मीन बि क दक्षिण कोरिया,

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न समझदारी पत्र (MoU) अनुरुप रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई पानी जहाज (Ship Building) कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा संचालन गर्ने सम्बन्धमा HRD Service of Korea बाट प्राप्त परीक्षा  फाराम खुलेको छ ।

परिक्षामा सामेल हुन इच्छुक योग्य नेपाली नागरिकहरुबाट सुचनामा भनिए  बमोजिम विवरणका आधारमा आवेदन फाराम दर्ता गर्नु पर्ने हुन्छ ।भाषा परिक्षा उत्तिण २५०० जना कोरिया रोजगारीको लागि जान पाउने छ्न ।

. परीक्षाको मिति :-

क) भाषा परीक्षा (EPS-TOPIK, UBT Language Test It Round): अ. पानी जहाज कम्पनी क्षेत्र (Ship Building) :-

२०८० असोज ०१ गते सोमबार देखि (तदानुसार सन् २०२३ सेप्टेम्बर १८ तारिख) देखि

पुनश्च: एक दिनमा ४ सिफ्ट गरी परीक्षा संचालन हुनेछ । आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्नेछ । आवेदक संख्या बढी भएमा पहिलो र

दोश्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुनेछ ।

ख) सीप परीक्षण (Skill Test, 244 Round):-

● पहिलो चरणको भाषा परीक्षा (EPS-TOPIK, UBT Language Test) को नतिजा प्रकाशन पश्चात प्रकाशित गरिनेछ । पुनश्च :- भाषा परीक्षा (EPS-TOPIK Language Test, 14 Round) मा सम्बन्धित क्षेत्रमा उत्तिणां प्राप्त गर्नेहरु मध्ये उच्चतम अंक प्राप्त गरेका आवेदकहरुलाई मात्र सीप परीक्षण (Skill Test, 200 Round) मा समावेश गरिनेछ ।

२. आवेदनको क्षेत्र :- पानी जहाज कम्पनी क्षेत्र (Ship Building Sector)

क) भाषा परीक्षा (EPS-TOPIK Language Test), सीप परीक्षण (Skill Test) तथा अन्तवार्तामा प्राप्त गरेको प्राप्ताङको आधारमा अधिकतम अंक प्राप्त गर्नेहरु मध्ये रोष्टरमा सूचिकृत गर्न पहिलो चरण र दोश्रो चरणमा गरी अनुमानित उत्तीर्ण सङ्ख्या २५०० को अन्तिम नतिजा प्रकाशन गरिनेछ ।

पुनश्च :- ( कोरियामा कामदारको माग अनुसार उत्तीर्ण सङ्ख्या थपघट हुन सक्नेछ ।

ख) भाषा परीक्षामा उत्तिर्ण परीक्षार्थीहरुले दोश्रो चरणको Skill Test मा समेत सहभागी भै उत्तिर्ण भई स्वास्थ्य परीक्षणबाट समेत उत्तिर्ण भए पछि मात्र रोजगार आवेदन फाराम (Job Application Form) भर्न सक्ने छन् ।

३. आवेदकको योग्यता :- क) नेपाली नागरिकः ।

ख) उमेर १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको, अर्थात सम्बन्धित उम्मेदवारको जन्म मिति सन् १९८३ अगष्ट ०६ देखि सन् २००५ अगष्ट ०५ (तदानुसार वि.स. २०४० श्रावण २१ देखि २०६२ श्रावण २१) बीचको हुनु पर्नेछ ।

ग। कुनै फौजदारी अभियोगमा सजाय नपाएको ।

घ) गणतन्त्र कोरियामा गई गैह्र कानूनी गतिविधिमा संलग्न भई वा गैह्र कानूनी रुपमा बसोवास गरी कोरियाबाट फिर्ता नपठाइएको ।

ङ) नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको ।

च) कोरियामा E-9र E-9-1 भियामा पाँच वर्ष भन्दा कम अवधि बसेको । Color Blindness, Color weakness र Disk & Finger Amputation नभएको ।

४. आवेदन दर्ता प्रकृया –

क) आवेदन दर्ता मिति :- • २०८० श्रावण २० गते शनिबार देखि २४ गते बुधबार (तदानुसार August 05 August 09, 2023 सम्म

ख) आवेदकहरुको परीक्षा ललितपुर भैसेपाटीस्थित UBT भवनमा सञ्चालन हुनेछ । ग) आवेदन दर्ता प्रकृया :- • परीक्षा आवेदन फाराम https://eoers.epsnepal.gov.np मा गई अनलाईनबाट मात्र भर्नु पर्नेछ ।

घ) आवेदन दर्ता तरिका :- आवेदन दर्ता गर्ने तरिका https://eoers.epsnepal.gov.np को पहिलो पेजमा नै Demo हेर्न सकिनेछ ।

ङ) आवेदन दर्ताका लागि आवश्यक कागजातहरू:

आवेदकले आवेदन फाराम भर्दा राहदानीको फोटो भएको पेज (वायो पेज को रॉगन (Colour) स्क्यान गरेको JPG Image file (Width 600 pixels, Up to

100KB) अपलोड गर्नु पर्नेछ । आवेदकले आवेदन फाराम भर्दा अनिवार्य रुपमा आफ्नै ईमेल ठेगाना र मोबाईल नम्बर उल्लेख गर्नुपर्नेछ ।

आवेदन फाराममा ३ महिना यता खिचेको दुवै कान देखिने एम. आर. पी. साइजको सेतो पृष्ठभूमि भएको, upper chest देखिने, सेतो कपडा नलगाएको रङ्गीन फोटो (Photo Width 100 – 300 pixels, File Type: Only JPG Up to 15KB size) को फोटो स्क्यान गरी अपलोड गर्नु पर्नेछ ।

परीक्षा शुल्क : परीक्षा शुल्क अमेरिकी डलर २८ (अठ्ठाईस) (USD 28) लाग्नेछ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र

बैंकले तोकेको विनिमय दरका हिसावबाट हुन आउने नेपाली रुपया अनलाईन भुक्तानी प्रदायक संस्थाहरु मार्फत मात्र बुझाउन सकिनेछ ।

५. परीक्षास्थल तथा परीक्षा समय सम्बन्धी विस्तृत विवरण :- का परीक्षा स्थल र समय (Shift ) २०८० भाद्र ०८ गते शुक्रबार (तदानुसार August 25, 2023 प्रकाशित गरिनेछ ।

ब) सम्बन्धित रोजगारीको क्षेत्र (Ship Building) मा परेका आवेदकको संख्या र रोष्टरमा सूचीकृत गर्न तोकिएको संख्यालाई अनुपातमा लागि परीक्षाको चरण र उत्तीर्ण हुने संख्या निर्धारण गरी परीक्षा सञ्चालन गर्न सकिनेछ ।

ग) परीक्षार्थीहरुको परीक्षा सञ्चालन हुनुभन्दा १ (एक) दिन अगाडी Biometric दर्ता तथा परीक्षाको दिन Biometric Verify गरी UBT (Ubiquitous Based Test, Tablet)

मार्फत परीक्षा सञ्चालन हुनेछ ।

६. नतिजा प्रकाशन

का भाषा परीक्षाको नतिजा मिति पछि प्रकाशन गरिनेछ । ख) नतिजाको प्रकाशनको तरिका :-

परीक्षाको नतिजा वैदेशिक रोजगार विभाग, ई.पी.एस कोरिया शाखाको सूचनापाटी तथा बेभसाईटमा प्रकाशन गरिनेछ। साथै, http://www.eps.go.kr/http:// epstopik.hrdkorea.or.kr बाट पनि हेर्न सकिनेछ ।

परीक्षार्थीहरुले परीक्षामा आफूले प्राप्त गरेको प्राप्ताङ्कको जानकारी http://www.eps.go.kr बाट प्राप्त गर्न सक्नेछन् ।

भाषा परीक्षाको वैद्यता सम्बन्धित उम्मेदवारको नतिजा प्रकाशन भएको मितिले २ (दुई वर्ष सम्म मात्र हुनेछ ।

EPS-TOPIK बस्तुगत बहुउत्तर (Multiple choices) को मुल्याङकनमा आधारित हुनेछ र Reading (पढाई रistening सुनाई परीक्षाको बीचमा मध्यान्तर हुने छैन, लगातार सुचारु हुन्छ । ८. परीक्षाको दिनको पूर्व तयारी

क) प्रत्येक आवेदकले आफ्नो प्रवेश पत्रको रङ्गीन प्रति र सक्कल राहदानी लिइ आउनुपर्नेछ । अन्यथा परीक्षामा सामेल गराइने छैन ।

अन्य जानकारी:

क) परीक्षा भवन तथा कोठा भित्र मोवाइल फोन, क्यासेट प्लेयर, PDA MP3 Smart Watch जस्ता विद्युतीय उपकरणहरु लैजान पुर्ण रुपमा निषेध गरिएको छ । यस्ता

सामग्री फेला परेमा सम्बन्धित परीक्षार्थीको परीक्षा अवैध ठहरिनेछ । ख) अन्य व्यक्तिको नाममा अनाधिकृत व्यक्तिले परीक्षा केन्द्रमा प्रवेश गरी अकांको परीक्षा दिन प्रयास गरे, गराएमा निजले ल्याएको राहदानी लगायतका कागजात सहित तत्काल पक्राउ गरी कानून बमोजिम कडा कारवाही गर्ने व्यवस्था गरिएको छ । यसरी पक्राउ परेका व्यक्तिहरुको विवरण आम सञ्चार माध्यमबाट समेत प्रसारण गर्न सकिनेछ र आगामी ४ वर्षसम्म उक्त कार्यमा संलग्न सम्बन्धित व्यक्तिहरु भाषा परीक्षामा सहभागी हुन पाउने छैनन् ।

ग) भाषा परीक्षामा नक्कल गर्ने र नक्कल गराउने परीक्षार्थी ४ वर्षका लागि पुनः EPS-TOPIK परीक्षामा सामेल हुन पाउने छैनन् । घ) आवेदन फाराममा उल्लेखित आवेदकको व्यक्तिगत विवरण (जस्तै नाम, थर, जन्म मिति र फोटो। निजको राहदानीको भन्दा फरक परेमा परीक्षामा सामेल नगराइने र कोरिया प्रवेशमा रोक लगाइनेछ ।

ड) सीप परीक्षण (Skill Test, 2nd Round) परीक्षामा Physical examination (Height, weight) र Colour Vision Deviate साथै Skill समेत परीक्षण भई अन्तवार्ता समेत हुनेछ । च) भाषा परीक्षा उत्तिर्ण भएतापनि शारीरिक अपाङ्गता जस्तै Slipped dise र Finger Amputation भएका व्यक्तिहरुले रोजगार आवेदन फाराम भर्न पाउने छैनन् ।

छ। कोरियन भाषा परीक्षामा उत्तीर्ण भए तापनि स्वास्थ्य परीक्षणमा असफल हुने तथा प्रहरी रिपोर्ट प्रतिकुल हुने व्यक्तिले रोजगार आवेदन फाराम भर्न पाउने छैनन् ।

EPS अन्तर्गत रोजगार प्रकृयामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, ई.पी.एस. कोरिया शाखा, HRD Service of Korea, EPS Center, Nepal वाहेक अन्य कुनै पनि निजी संघ संस्था, शैक्षिक संस्था वा व्यक्तिहरुको संलग्नता नहुने व्यहोरा समेत जानकारी गराईन्छ ।

क) HRD Service of Korea बाट प्राप्त जानकारी अनुसार पानी जहाज ( Ship Building) क्षेत्रमा महिला कामदारहरुको छनौट अत्यन्त न्युन हुने भएको व्यहोरा समेत

जानकारी गराईन्छ ।

हालसम्मको छनौट हेर्दा DBT प्रणालीबाट रोष्टरमा सुचिकृत भएका कोरिया रिटनीहरु अति न्यून संख्यामा रोजगारदाताको छनौटमा परेको देखिएको व्यहोरा जानकारी गराइन्छ ।

ट) सन् २०२३ को कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा उतिर्ण भई सीप परीक्षा (Skill test) दिई बसेका व्यक्तिहरुले समेत यस क्षेत्रका परीक्षा आवेदन दर्ता गराउन सक्नेछन् । ठ) यो क्षेत्रको भाषा परीक्षामा सामेल भई अनुत्तिर्ण व्यक्तिहरुले पछि हुने अन्य क्षेत्रतर्फका परीक्षा आवेदनहरु प्रकाशित भएमा सो परीक्षाका लागि समेत आवेदन दिन सक्नेछन् ।

(कोरियन भाषा परीक्षा उत्तीर्ण हुन भनेको रोजगारीको छनौट प्रकृयामा सामेल हुन रोष्टरमा सुचिकृत हुन हो, शत प्रतिशत रोजगारीको ग्यारेन्टी भने होइन । तसर्थ आफ्नो पेशा, व्यवसाय आदिलाई निरन्तरता दिनुहोला ।)

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय