Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कम्पनीमा पुराना भएका नेपालीले नयाँ आउनेलाई यति सम्म अत्याचार गर्छ्न

सौल दक्षिण कोरिया ,

छल्लाफोक्दोको एक टाेमाटाे नोङ्जाङमा काम गरिरहेकी दुई महिना अघि मात्रै नेपाल देखी आउनु भएकी एकजना न्यौपाने थरीकी बहिनीलाइ सोही कम्पनीमा बिगत चार बर्ष देखि कार्यरत एकजना पुरानो नेपाली चेलीले आएको दिन देखिबाट तनाब दिएको, साहुलाइ चुक्ली लगाउने, काममा जथाभाबी प्रेशर दिने, गाली गलौज अपशब्दमा प्रयोग गर्ने, मैले भनेको नमाने साहुलाई भनेर नेपाल पठाइदिन्छु भनेर थर्काउने गरेर डिप्रेशनमा पुर्याउन लागेको भन्दै दुई दिन अघी म्यासेज गर्नुभएको थियो ।

उक्त पिडक चेलीले गरेको दुव्र्यवहारको पिडित बैनीले रेकर्ड गरेर राखेको कारण र त्यही रेकर्ड देखाएर पुलिस र नोदोङ्बुमा उजुरी गर्दिने बताएपछी आगामी दिनमा यस्तो नगर्ने र मिलेर बस्ने सहमती भएको छ । साथै पुरानो भनिएकी उक्त चेलीले आँफुले गल्ती गरेको भनेर क्षमायचना पनि गर्नुभएको छ ।
यो त एउटा प्रतिनिधि घटना मात्रै हो ।

प्राय: जसो दक्षिण कोरियामा यसरी नेपालीले नै नेपालीलाइ दुर्ब्यहबार र हेला होचो गर्ने गरेको सुनिन्छ । भखरै परिबार छाेडेर नेपाल देखी आउनुभएको नयाँ भाइबहिनीहरुलाइ सान्त्वना दिएर काम लगाऔ । उनिहरुलाइ आफनत्वको महशुस गराऔ । जति नै पुरानो भएपनी हामी मजदुरनै हो, साहु होइन ।

भोलि पुरानोले पनि कम्पनी छाडेर जाने हो नेपाल लिएर जान मिल्दैन । कम्तीमा आफ्नो देश देखी आएकोहरु प्रती थोरै सहानुभूति देखाउने गरौं । एक अर्कालाई माया , सम्मान र आदर गर्ने गरौ ।????
#copy

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय