Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा श्रीमती अर्कैसंग लिभिङ्ग टुगेदरमा बसेपछी नेपालमा श्रीमान र छोराछोरीको बिजोग

सौल दक्षिण कोरिया,

दाइ नमस्ते , सन्चै हुनुहुन्छ ?

लौ न दाइ मेरो श्रीमतिको बिजोग भयो, भएको भिषा छोडेर अबैधानिक बसेको छ  । घर फर्किनु भनेको मानेको छैन कतै हजुरले चिनेको काम छ भने लगाईदिनुस न भनेर भाईले मलाई मेसेज गरेको करिब ३ बर्ष अगाडि मैले पनि उहाँको श्रीमतीलाई काम लगाईदिएको सम्झना आयो ।

खासमा यो बिचमा उहाँको र मेरो कुर भएको थिएन ।

एक्कासि हिजो भाईले मेसेज  गर्नुभो । दाइ मेरो त बिजोग भयो जसलाई मैले बिश्वास गरे उसैले धोका दियो ।

के भयो भाइ ? सबै ठिकै त छ नि मैले सोधे ।

भाईले आफ्नो कहानी मलाई यसरी सुनाउनु भयो ।

२०१७ मा कोरिया जाने भनेर श्रीमतिलाई मैले नै कर गरेर संगै भाषा पढियो । दुवै जना पास भैयो । उसको कृषीमा नाम निस्कियो मेरो मेनुमा । उ कोरिया जान पायो म यतै रोकिए ।

निकै राम्रो चलिरहेको थियो, पाँच बर्षको छोरो थियो उ कोरिया जादा अहिले ११ बर्षको भयो । हाम्रो सम्बन्ध पनि निकै राम्रो थियो । पैसा पनि उसले पठाईरहन्थी ।

अबैधानिक नहुने बेलासम्म सबै कुरा सहि नै चलेको थियो । त्यसपछी के के भयो म सोच्न सकिरहेको छैन । उसले छोराको लागि भनेर साथीसंग मोबाईल पठाएको थियो सबै कुरा डिलेट गरेको भएपनी उसले कोरियामा बस्ने अर्को केट्कसंग इमोमा गरेका अन्तरंगका कुराहरु डिलेट गर्न बिर्सेको रहेछ ।

मोबाईल चलाउदै जादा त्यो हेर्न पुगे त्यसपछी हाम्रो झगडा शुरु भयो । देख्न नसकिने मेसेजहौ रहेछन म आफै छांगाबाट खसेजतो भए । आत्महत्या को प्रयास समेत गरे तर सकिन मर्न । सँयोग के भयो भने उ जो सङ कोरियामा बस्ने रहेछ त्यो मेरो आफ्नै एकदमै मिल्ने नजिकको साथी रहेछ ।

उसको श्रीमती र छोरा छ घरमा । उसको श्रीमतीले पनिकहा कहाँ बाट यो कुराको चाल पाएको रहेछ । मलाई पहिला हल्का भनेको त थियो तर मैले आफ्नै साथी हो त्यसै शंका गरेको होला भन्ने लागेको थियो ।

मैले अवैधानिक रुपमा नबस्नु बरु घर आउनु भनेको नमानेको कारण यस्तो रहेछ आज बुझिरहेको छु ।

हाम्रो छोरा छ यस्तो छोराको त कमसेकम माया लाग्नु पर्ने हो । त्यसलाई अबैधानिक भनेर पक्रेर नेपाल पठाएको छ तर त्यसको केटा अहिले पनि कोरियामै छ ।

नेपाल आएर पनि हाम्रो सम्बन्ध रहेन । कोरियामा कमाएको लैसा पनि त्यो कोरियामा बसेको केटाले चलाएको रहेछ । बिजोग बनायो कोरियाले मेरो घरबार ।

मेरै करले कोरियन भाषा पढियो , के हि समय दुख गरेर भएपनी जिन्दगी राम्रो बनाउला भन्ने सपना थियो कोरियाले डुबायो दाइ बिजोग भो मेरो । छोराको अनुहार हेर्यो बस्यो । त्यो केटा नेपाल फर्कियोस न म बाँकी छोड्न सक्दिन होला मैले कहिल्यै पनि माफ गर्न सक्दिन त्यसलाई । भन्दै पीडा सुनायो भाईले ।।

यति सुनाउदै गर्दा मलाई मनमा लागेको कुरा के रह्यो भने पक्कै पनि यस्तै गरेर यता कोरियामा रमाउने र नेपालमा परिवार रुवाउने धेरै हुनुहुन्छ होला केही सन्देश मिलोस भनेर हो । घटना सत्य हो  उहाँहरुको सामाजिक गोपनियतालाई मध्यनजर गर्दै कसैको पनि नाम उल्लेख नगरिएको जनाउदछु ।

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय