सौल दक्षिण कोरिया
फेसवुक स्टोरिमा अल बिदा लेखि बेपत्ता रहेका दक्षिण कोरियामा कार्यरत भुपेस नेम्बाङ १२ दिन पछि उल्सान नदिमा सव फेला परेको कोरियाको प्रहरीलाई उद्दृत गर्दै दूतावासले जनाएको छ ।
खेलप्रेमी रुपेश कोरिया आएको पाँच बर्ष सकिनै लागेको र उनिन्कमिटेड कामदारको रुपमा कोरिया आउने तयारीमा रहेका थिए । सधै हासो मजाक गरिरहने रमाईलो गर्ने ब्यक्तिले यसरी बेपत्ता होला भनेर नसोचेको नजिकका साथीहरु बताउँछन् ।
बेपत्ता हुने दिन पनि अबेरसम्म रमाईलो गरेको र राती बाहिर निस्केर भोलि पल्ट काममा नआएपछी उनको खोजी कार्य शुरु गरेको कम्पनिमा कार्यरत साथीहरु को भनाई छ । खोजी गर्दै जादा नदि किनारमा उनले प्रयोग गर्ने साईकल भेटिएको थियो भने नजिकैको प्रतिक्षालयमा उनको पर्स भेटिएको थियो ।
कम्पनिका साथीहरु स्थानिय निकाय र प्रहरुले उनको खोजी कार्य तिब्र पारेको थियो । कोरियामा निरन्तर बर्षाका कारण पानी धमिलो र पानीको वहाव अत्याधिक भएकोले लामो समय सम्म खोजि कार्य सहज हुन सकेको थिएन । उनको मृत शरिर १२ दिनपछी फेला परेको हो। मृतात्माप्रति हार्दिक श्रध्दाञ्जलि!????