Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

एनआरएनए चुनावमा बिपिन गुरुङ्गको प्यानल खिम्पोका नेपालीको रोजाईमा

सौल दक्षिण कोरिया ,

एन आर एन ए दक्षिण कोरियाको नवौं  महाधिवेशन यहि जुलाई  २३तारिक अधिबेशन र ३० तारिक चुनाव हुदैछ । दक्षिण कोरियामा यतिबेला उम्मेदवारी घोषणा र  चुनावी प्रचारप्रसार तिव्र रुप्मा चलिरहेको छ । नेपालमा हुने संघीय सांसदको चुनावको झल्को दिने गरि चुनावी प्रचारप्रसार र उम्मेदवारी घोषणा भैरहेको छ ।

 

कोरियाको अहिलेको इतिहासकै सबैभन्दा धेरै आकर्षक रुपमा हेरिएको छ । इतिहासकै सबैभन्दा धेरै सदस्य संख्या तथा इतिहासकै सबैभन्दा धेरै उम्मेदवार रहेका छन । यसर्थ पनि यो चुनाव के कस्तो हुने हो भन्ने आकलन गर्न कठिन रहेको छ ।

 एन आर एन ए दक्षिण कोरियामा मजदुर विद्यार्थी ब्यापारी ब्यबसायी लगायतका सम्पुर्ण ब्यक्तिहरुको चासो अत्याधीक बढ्दै गरेको यो देखिरहदा यसको महत्वलाई थप बल पुगेको देखिएको छ ।

 

यहि जुलाई १४ किम्पो स्थित माउन्ट एभरेस्ट रेष्टुरेन्टमा भएको चुनावी कार्यक्रममा बिपिन गुरुङ्गको प्यानलको उपस्थिति रहेको थियो । जनसम्पर्क समिती दक्षिण कोरियका उपसभापति लक्षण दहालले कार्यक्रम संचालन गर्नुभएको थियो  ।

उक्त कार्यक्रममा खिम्पो स्थित सबैभन्दा पुरानो अनुभवी कोरियाको प्रशासन संग सबैभन्दा राम्रो सम्बन्ध भएको व्यावसायिक ब्याक्तित्व उमेश बस्नेतका अनुसार खिम्पोबाट बिपिन गुरुङको प्यानललाई एकमुष्ट भोट जाने बताउनु भएको थियो । कार्यक्रममा उपस्थिति विभिन्न जिल्ला प्रदेश तथा सामाजिक संघ संस्थामा कार्यरत ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा उम्मेदारहरुले कोरियाको आ आफ्नो मन्तव्य राख्नुभएको थियो भने सबैले आफुले एनआर एन ए लाई नयाँ मोडेलमा लैजाने बताउनु भएको थियो । एन आर एन ए का उम्मेदवारहरुमा महिला युवा संयोजक  निला राई ,उपाध्यक्ष उपाध्यक्ष तारा पुन मगर र ब्यबसायी गिरिरक्ज कुँवर ,वरिष्ठ उपाध्यक्ष पार्वती मोक्तान र अध्यक्ष बिपिन गुरुङको उपस्थिति रहेको थियो ।

एन आर एन ए प्रती यो  आकर्षणलाई अबको अर्को निर्वाचन सम्म थप बढवा दिन गिरिराज कुँवरले नयाँ मोडेलको परिकल्पना गरेको तथा कोरियामा रहेको नेपाली समाजलाई नबिगार्ने गरि काम गर्ने बताउनु भएको थियो ।

 

अध्यक्ष उम्मेदवार बुपिन गुरुङ्ले कोरिया नेपाली सामाजिक अभियान्ताका रुपमा आफू निरन्तर रुपमा रहेको आउँदा दिनहरुमा पनि निरन्तरता दिने प्रतिबद्धता सहित आफुलाई अध्याधिक मत दिन आग्रह गर्नुभएको थियो ।

उपस्थित सबैले दोङ्ग्देमुन केन्द्रित खिम्पो नजिकको नाताले पनि बिपिन गुरुङ्गको प्यानललाई एकमुष्ट मत जाने प्रतिबद्धता जनाएका थिए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय