Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाबाट फर्किएका एक युवकको बस यात्रामा नौ लाख चोरी

सौल दक्षिण कोरिया

कोरियाबाट फर्किएकै दिन एक युवकको सार्वजनिक बसमा नेपाली रुपैयाँ नौ लाख २३ हजार बराबरको अमेरिकी डलर चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न तीनजना र स्रोत नखुलेको डलर साट्ने एक व्यवसायीलाई पक्राउ गरेको छ ।
कोरियाबाट फर्किएका विष्णु अधिकारीको गत मंगलबार सार्वजनिक बसमा सात हजार ४७ अमेरिकी डलर (नौ लाख २३ हजार नेरु) चोरी भएको हो । उनी विमानस्थलबाट सार्वजनिक बसमै ग्वार्काे पुगे । बसबाट झर्दा झोलामा रहेको डलर हराएको थाहा पाएपछि उनको होसहवास उड्यो । विदेशमा कमाएको पैसा नेपाल आएलगत्तै गुमाएपछि हतार–हतार प्रहरीमा पुगे ।

प्रहरीले सोही दिन नै सूक्ष्म अनुसन्धान गरी चोरीमा संलग्न तीनजनालाई पक्राउ गर्न सफल भएको हो । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर ६ घर भई हाल जिल्ला भक्तपुर ठिमी बस्ने सञ्जीव तामाङ, पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ घर भई काठमाडौंको दक्षिणकाली बस्ने आइतमान तामाङ तथा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नम्बर ३ घर भई हाल ललितपुर इमाडोल बस्ने सबिना तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । ‘

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय