Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दुई महिना अगाडि मात्रै कोरिया आएक एक नेपाली झुन्डिएको अवस्थामा मृत भेटिए ।

सौल दक्षिण कोरिया,

दक्षिण कोरियामा एकजना नेपाली कामदार झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। मृत फेला पर्नेमा झापा स्थित बिर्तामोड घर भएका छत्र बस्नेत रहेका छन्।

बस्नेत आज बिहान कोरियामा बस्ने आफ्नो कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। दुई महिना अघिमात्र रोजगारीको सिलसिलामा कोरिया आएका बस्नेत छन्लाफोक्दोको ख्वाङ्जु कम्पनीमा कार्यरत थिए।

हिजो बिहान बस्नेत काममा जादा कम्पनीले काम गर्न नदिदा नेपाल फर्काइदिने धम्की दिएपछि उनी कोठामा फर्किएका र बिहान काममा नजाँदा कोठामा आएर हेर्दा झुन्डिएको अवस्थामा भेटिएको नेपाली दुतावास सिओललाई उदृत गर्दै कोरियाको प्रहरीमा कार्यरत मुक्त गुरुङले बताएका छन्।

कोरियामा लगातार दुई नेपालीको मृत्यु भएको यो दोश्रो घटना  हो। हिजोमात्रै सुर्खेत बिरेन्द्रनगर घर भएका अमर थापा मगरको हृदयघातका कारण मृत्यु भएको थियो।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय