Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरिया आएको १० महिना नबित्दै एक नेपाली युवकको दु:खद निधन

सौल दक्षिण कोरिया ,

दक्षिण कोरियामा कार्यरत एकजना नेपाली कामदारको दु:खद निधन भएको छ। निधन हुनेमा सुर्खेत स्थित वीरेन्द्रनगर-४ घुस्रा भएका अमर थापा मगर रहेका छन्।

मगरको कोरियाको एक अस्पतालमा सनिवार उपचारका क्रममा निधन भएको हो। मगर कोरियाको एक मार्बल कम्पनीमा कार्यरत थिए। शुक्रबार राति मगर र पाल्पा स्थित घर भएका एकजना उनी सँगै काम गर्ने सहकर्मी सँगै सुतेका थिए। त्यो दिन उनिहरुले मदिरा सेवन गरेर सुतेको मृतक मगरका सहकर्मीले बताए।

मृतक मगरका सहकर्मीका अनुसार मगरले राति २ बजेको समयमा लामो सास फेरेको र उनको स्वास्थ्य अवस्था झनझन बिग्रिन थालेपछि आपसिको सहयोगमा मगरलाई अस्पताल लगिएको बताए। तर, हस्पिटलले उनलाई बिहान ४ बजे मृतक घोषित गरेको थियो।

मगर १० महिना अघि मात्र रोजगारी सिलसिलामा कोरिया आएका थिए। अहिले उनको शव कोरियाको आन्दोङमा रहेको अस्पतालमा राखिएको छ। निकट श्रोतका अनुसार नेपाली दुतावास सिओलले मगरको शव नेपाल पठाउन प्रक्रिया थाल्ने र नेपालबाट डकुमेन्ट मेल आएपछि थप पहल थाल्ने जनाइएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय