Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाले E-7-4 भिषाको दोस्रो कोटा भारी संख्यामा वृद्धि , भिषा प्राप्तिमा सहज हुन सक्ने ।

सौल दक्षिण कोरिया,

कोरिया E-9 भिषामा प्रबेश गरेका बिदेशी कामदारलाई लक्षित गरि दिईदै आएको E-7-4 भिषाको कोटामा भारी वृद्धि गरेको छ ।

प्रत्यक कोटामा छ सय पच्चीस जना दिने भनिएकोमा दोस्रो कोटामै 2 हजार ३सय ७५ जना थप गरि कुल संख्या दोस्रो लटमा ३ हजार जना पुर्याएको छ ।

E-7-4 भिषाको लागि यहि जुन २७ तारिख  देखि जुलाईको ५तारिख सम्म आवेदन दिन सकिने छ भने पहिलो नतिजा जुलाई १७ सोमबार प्रकाशित हुनेछ । आफ्नो अंक प्रणालिमा कमि कमजोरी केही भएको निवेदन दिनकोलागी जुलाई १७ देखि जुलाई २१ गतेसम्मको समय दिएको छ ।

भारी संख्यामा थपेको कोटाले गर्दा अंक व्हार कम भई भिषा प्राप्त गर्न सजिलो हुन सक्ने अनुमान गर्न सकिन्छ । यो भिषा कोरियामा हुने ५ बर्ष कोरिया बसाई पूरा गरेकाले आवेदन दिन मिल्नेछ ।

थप गरेको सुचना यश प्रकार रहेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय