Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

काेरिया उड्न नपाएका सयौं युवाहरूले घेराउ गरे इपिएस कार्यालय

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कमिटेड(प्रतिवद्ध) मा छानिएका कामदारलाई समयमै कोरियामा नपठाएको भन्दै ललितपुरको ग्वार्कोस्थित ईपीएस कार्यालयमा प्रदर्शन गरिएको छ ।पुन: कोरिया जान खोज्दा परीक्षा दिने भनेर कुर्दाकुर्दै परीक्षा नै नभएको उनीहरुको गुनासो छ । वर्षमा तीन चार पटक हुने भनिएको सीबीटी २०२१ मा एउटा मात्र भयो त्यसमा पनि (४० मा ४०) ल्याएर पास गरेको उनीहरुले बताएका छन् ।

Trip

२०२२ मा युबीटी परीक्षा हुने घोषणा भएपछि मेहेनत गरेर अध्ययनपछि सम्पूर्ण परीक्षामा सफल हुँदै रोष्टरमा सम्मिलित भए पनि कोरिया रिटर्नीहरुको ईस्यु प्रक्रियामा भेदभाव भएको शंका उत्पन्न भएको उनीहरुले बताएका छन् । कोरियाको काम सम्बन्धी अनुभव लिइसकेका र नियम पालना गर्दै स्वदेश फर्केका उनीहरुले ईस्यु प्रक्रिया पनि सहज रुपमा होस् भनेर अनुरोध गरेका छन् ।

नयाँको तुलानामा आफूहरुको इस्यु अत्यन्तै न्युन भएको बुझेकोले समान रुपमा इस्यु गरिदिन उनीहरुको अनुरोध छ । कोरिया रिटर्नीले पनि उत्तिकै मेहेनत र समान चरण पार गर्दै रोष्टरमा पुगेकोले अहिलेको इस्यु मितिमा आफूहरुलाई पनि नयाँ सरह समान व्यवहार गरी इस्यु गरी दिन अनुरोध गरेका छन् । कोरिया रिटर्नीहरुको इमान्दारिता र मेहेनतको सम्मान गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउँदै कोरिया रिटर्नीहरुलाई सहयोग गरिदिन भनेका छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय