Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

जुलाई १६ पछि कोरिया आउनेले कागजातहरु थप बनाउनुपर्ने , बैधानिक रेमिटान्स नभित्र्याए कालो सुचिमा पर्ने

सौल कोरिया

इपिएस प्रणाली अनुसार दक्षिण कोरिया आउने नेपाली कामदारले अब जुलाई १६ पछि थप कागजात हरु बनाउनु पर्ने भएको छ।

इपिएस कार्यालयले एक सुचना प्रकाशीत गरि थप कागजातहरुको नाम सार्वजनिक गरेको छ। जसमा स्थायी लेखा नम्बर परिचय पत्र , परिचय पत्र नागरिकता, श्रम करार रहेको छ।
स्थायी लेखा नम्बर र श्रम करार अनिबार्य गरिनुले श्रम सम्झौता पत्र अनुसार नेपाल बैधानिक माध्यमबाट रेमिटान्स भित्राउनु पर्ने हुन्छ सम्पत्ति आय कर तिर्नुपर्ने हुन्छ। अन्यथा कमाएको सम्पतिको स्रोत नखुलने हुन्छ।

स्रोत नखुलेको सम्पत्ति सरकारले जफत गर्न पाउने अधिकार रहेको छ। यस्तो निर्णयले नेपाल बैधानिक माध्यमबाट रेमिटान्स भित्रन सहयोग पुग्ने अनुमान गरिएको छ।

तोकिएको कागजात नबोकेको खण्डमा कोरिया उड्न नसकिने सुचनामा उल्लेख गरिएको छ।

इपिएस कार्यालय ग्वार्कोको सुचना यस प्रकार रहेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय