Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा पानीजहाजमा काम गर्न जानकाे लागि यसरी गरिन्छ छनाैट

दक्षिण कोरियाका पानीजहाज बनाउने कम्पनीहरूमा काम गर्न जान चाहने नेपाली कामदारहरूको ‘अन्तिम छनोट प्रक्रिया’ साेमबार बाट सुरु भएको नेपाली श्रम अधिकारीहरूले बताएका छन्।भूपरिवेष्टित देश नेपालबाट औपचारिक रूपमा पानीजहाज बनाउने कम्पनीहरूमा कामदार पठाउन लागिएको यो नै पहिलो पटक भएको उनीहरूको भनाइ छ।

यद्यपि जानकारहरूका अनुसार यसअघि पनि “उत्पादनमूलक क्षेत्र”मा काम गर्न गएका केही नेपाली श्रमिकहरूले कोरिया पुगेपछि पानीजहाज बनाउने कम्पनीहरूमा काम गर्ने अवसर पाइसकेका छन्।हालसम्म कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा मात्र कामदार लिइरहेको थियो।सन् २०२३ का लागि भने कोरियाले नेपालबाट करिब तीन हजार कामदारलाई पानीजहाज निर्माण क्षेत्रमा काम गर्नका लागि उपयुक्त हुनेगरी सूचीकरण गर्न चाहेको थियो।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालका अनुसार सन् २०२२ मा भाषा परीक्षा पास गरेका र ‘शिपबिल्डिङ’ क्षेत्रमा काम गर्न चाहने नेपाली कामदारको सूची ‘ह्युमन डेभलपमेन्ट सर्भिस (एचआरडी) कोरिया’लाई पठाइएको छ।उक्त सूचीमा रहेका नेपाली कामदारमध्ये अब एचआरडी कोरियाले एकजना कामदार चाहने रोजगारदाताका लागि तीनजनाका दरले नाम पठाउने उनले बताए।“त्यसरी पठाइएका कामदारबाट रोजगारदाताले कामदार छनोट गरी उनीहरूका लागि श्रम सम्झौता जारी गर्छन् र त्यसरी जारी गरिएको श्रम सम्झौता हाम्रोमा आउँछ,” उनले भने।

“सम्झौतामा कामदारले कति पारिश्रमिक र कस्ता सुविधा पाउने भन्ने उल्लेख भएको हुन्छ।”त्यसरी छानिएर आएका कामदारले व्यावसायिक सीप विकास तालिम केन्द्र भैँसेपाटीमा ६ दिने ‘पूर्वप्रस्थान कार्यशाला’मा सहभागी हुनुपर्नेछ।त्यस्तो कार्यशालामा सहभागी भएपछि मात्र उनीहरूका लागि कामदारलाई दिइने भिसा जारी हुने तथा उनीहरू कोरिया जान पाउने कटुवालले बताए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय