Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

नेपाली सम्पर्क समिति (NCC)दक्षिण कोरियाले छुसकको लागी कार्यक्रम बाँडफाँड

सौल दक्षिण कोरिया

नेपाली सम्पर्क समिति (NCC)दक्षिण कोरियाले छुसकको लागी कार्यक्रम बाँडफाँड तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
दक्षिण कोरियाको राजधानी दोङ्ग्देमुन मा निक नेपाल ट्राभलको हलमा सम्पन्न उक्त कार्यक्रममा राजदुतावास दक्षिण कोरियाका उपनियोग प्रमुख पुष्प राज भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो भने कोरियामा नेपाली सम्पर्क समितिको छाता संगठन मानेर सस्थागत गतिबिधि गर्दै आएका संस्थाहरुको बाक्लो उपस्थी रहेको थियो।

केहि दिन अगाडी मात्रै हरि प्रसाद खनालको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिले संस्थाले गर्दै आएको कार्यलाई निरन्तरता दिदै छुसकमा गर्ने सस्थागत सास्कृतिक कार्यक्रमलाई ब्यबस्थित गर्न कार्यक्रम बांडफांड गरेको अध्यक्षले बताएका छन्।

कार्यक्रममा विभिन्न संस्थाहरुले सांस्कृतिक कार्यक्रम गर्नको लागी निवेदन दिएको भएता पनि संस्थाको अवधारणा पत्रको आधारमा ४ संस्थाले कार्यक्रम गर्न स्वीकृति पाएका छन्।

जसमा छुसकको पहिलो दिन २८ गरे सुर्खेत समाज द. कोरिया ,दोश्रो दिन २९गते स्याङ्जा परिवार समाज द. कोरिया र मकवानपुर मञ्च द. कोरीया तेस्रो दिन ईलामेली समाज दक्षिण कोरियाले कार्यक्रमको आयोजना गर्न पाउने गरि कार्यक्रम बाँडफाँड गरिएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय