Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

E-9 , E7-4 भिषा बाहकले नेपालबाट परिवारलाइ कोरिया बोलाउनु परेमा आवश्यकपर्ने कागजातहरु

सौल दक्षिण कोरिया

इपिएस भिषा मार्फत कोरिया आएका सबैले आफ्ना परिवारलाई कोरिया घुमाउन मिल्नेछ। कोरिया परिवार बोलाउन चाहनेले कम्पनिले सहयोग गरेको खण्डमा परिवारलाई बोलाउन सक्नेछन भने भिषा परिवर्तन गरेकाहरुले पनि आफ्नो परिवारलाई बोलाउन सक्नेछन। बोलाउन चाहनेको भिषा अवधी कम्तिमा पनि ६ महिना भन्दा बढी भएको हुनुपर्नेछ।नेपाल स्थित कोरिया राजदुताबासको वेबसाईट को यो लिंक https://konepembappointment.com/ मार्फत भिषा अप्लाई गर्नको लागी अपोईन्टमेन्ट लिनुपर्ने छ।
बोलाउन चाहनेले कोरियामा तयारी गर्नुपर्ने कागजातहरु यस प्रकार रहेका छन्।
신원 보증서 (Guarantee letter), 초청장 (Invitation letter),재직 증명서 (Certificate of Employment ) , 근로계약서 (Labour contract),외국인등록증 복사본 (Copy of foreign registration card)अगाडी पछाडी दुबैतिरको ,거주 확인서(proof of residency),अरूको नाममा कोठा भएको खण्डमा 숙소재공 확인서, 근로소득증명원,은행거래내역서/예금잔액증명서 (Bank statement/Bank deposit balance certificate), 사업자등록증 (Company register certificate) , 인감증명서 (Seal certificate) ,사증발급신청서 (Visa application form)प्रिन्ट गर्ने लिङ्क: https://overseas.mofa.go.kr/np-en/wpge/m_1714/contents.do#:~:text=Embassy%20of%20the%20Republic%20of%20Korea%20in%20Nepal,%3A%20Monday~Friday%2009%3A00%20-%2012%3A00%2C%2013%3A30%20-%2017%3A00
신원 보증서 (Guarantee letter), 초청장 (Invitation letter), दुबैलाई 공증 गर्नुपर्ने हुन्छ। यदि 공증 नगरेको खण्डमा जुन व्यक्तिको नाममा बनाएको छ त्यहि व्यक्तिको 인감증명서 बनाउनु पर्ने हुन्छ।

नेपालमा बनाउनुपर्ने कागजातहरु
१ प्रति फोटो, पासपोर्ट र पासपोर्टको फोटोकपी,TB ( मेडीकल) रिपोर्ट , विबाह दर्ता प्रमाणपत्र / जन्मदर्ता प्रमाणपत्र (बच्चाको हकमा) / नाता प्रमाणित,Notary गरेको हुनुपर्ने , Bank Statement certificate / Bank balance certificate , ६ महिनाको bank statement
नेपालबाट आउदा नाता प्रमाणीत भएको कागजात लाई पररास्ट्र मन्त्रालयबाट प्रमाणित गर्नुपर्नेछ। मेडिकलको लागी कोरियाले मान्यता दिएको इपिएस अन्तर्गत मेडिकल गर्ने अस्पताल टेकु ,सिभिल ,पाटन र नेपाल कोरिया मैत्रीमा गर्न सकिनेछ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय