Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

खुशीको खबर कोरियाको लागी सीप बिल्डिङ् तर्फ छुट्टै परीक्षा हुने ।

दक्षिण कोरियामा ईपिएस मार्फत नेपालबाट कृषि पशुपालन र उत्पादलमुलक(मेनुफ्याक्चर)मा मात्र नेपाली कामदारहरु पठाउदै आई रहेको छ। जसरी कृषि र उत्पादनमुलक लाई छुट्टै क्षेत्रको रुपमा परीक्षा लिईने र पासरहरुलाई छुट्टै प्रक्रिया लगिन्छ त्यसै गरी सीप बिल्डिङ्लाई पनि छुट्टै क्षेत्रको रुपमा बिकास गरिने भएको छ ।

j b bank सुवन बाट लोन लिन चाहनेहरुले २४ घण्टा सम्पर्क गर्न सक्नुहुनेछ अनलाईन माध्यमबाट लोन सेवा दिनेछौं सम्पर्क 010-5017–8501 facebook

https://www.facebook.com/min.bishwo?mibextid=ZbWKwL

दक्षिण कोरियामा विशेष गरि सिप बिल्डिङ कम्पनीमा अन्य देश बाट सीप बनाउन अत्यधिक माग आएको तर काम गर्ने कामदार कम भएको हुनाले यसलाई परिपुर्ती गर्नको लागी कामदार माग भएको हो ।

मे महिनाको अन्त्यको आसपासमा परीक्षा फारम खुल्ने र जुनको अन्त्यको आसपासमा परीक्षा हुन सक्ने भन्ने कुरा बताईएको छ, भने कोटा १ हजार ८०० आसपास रहनेछ जसमा १ हजार २ सय १० पुरानो रिटर्नी पासर र बाकी नयाँहरुको लागि फारम खोलिने छ । पहिला भाषा पास गर्नुपर्ने र त्यसपछि सीप परिक्षण(स्किल टेस्ट) २०१९ कै सरह हुनेछ । त्यस्तै भाषा र स्किल टेस्टको नम्बर मिलाए पछि बल्ल फाईनल पासर लिस्ट तयार गरिनेछ। सीप बिल्डिङमा काम गर्ने हरुलाई अतिरिक्त मार्क्स दिइने छ । साथै सिबिटी फारम अगस्टमा खुलि सेप्टेम्बरमा परीक्षा हुन सक्ने बताईएको छ ।

तलका विभिन्न कुराहरु बुझी राख्नुहोला ।

१.सीप बिल्डिङ क्षेत्र तर्फ गर्नु पर्ने काम कुनै एकमा : स्काफोल्ड , इन्सुलेसन, ग्राइन्डर, वेलडिङ , पाईपिङ मेसिनरी – जोइनरी , इलेकट्रीक केबलिङ गरि पाचवटा उपक्षेत्र मध्ये कुनै एक मात्र छान्नु पर्नेछ ।

२. कम्पनी परिवर्तन गर्दा सीप बाट सीप कम्पनी मात्र मिल्नेछ ।

३. सीप बिल्डिङ कम्पनीको रोस्टर म्याद पनि मेनुफ्याक्चर बराबर हुनेछ ।

४. मेनुमा श्रम करार इसु भएका ब्यक्तिहरुले यो प्रक्रियामा अवेदन दिन पाउने छैनन ।

५. माग भन्दा धेरै आवेदन पर्न आएमा First Cone First Service तथा सिल बिल्डिङ र वेल्डिङ तर्फ अनुभव भएको आधारमा रोस्टर लिस्ट तयार गरिनेछ ।

हाम्रा खबर

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय