Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरिया आएको छ महिनामै गम्भीर बिरामी उपचारको लागि सहयोगको अपिल ।

सिउल दक्षिण कोरिया

 कोरिया,वैदशीक रोजगार प्रणाली ईपीएस मार्फत ६ महिना अघि दक्षिण कोरिया आएका जिल्ला पांचथर फाल्गुन्द गाउंपालिका वार्ड नं २ सुसुवा ईम्बुङ्ग निवासी प्रज्वल सुब्बा गत शनिबार २२ तारिख देखि ख्यङ्गगिदो उईजङ्गबु स्थित क्याथोलिक सङ्गमो अस्पतालको आईसीयुमा कलेजोमा गम्भीर समस्या भई अचेत अवस्थामा उपचार भई रहेको छ।

 उपचारको लागी अत्यन्तै मोटो रकम लाग्ने भएकोले कोरियामा रहेका सामाजिक संघसंस्था किराँत याक्थुङ चुम्लुङ र पाँचथर सेवा समाजको संयुक्त सहकार्य र समन्वयमा सेवा नै धर्म हो भन्ने उदेश्यका साथ स्वेच्छिक आर्थिक सहयोग संगलन अभियान चलाएका छन्। 

j b bank सुवन बाट लोन लिन चाहनेहरुले हप्ताको सातै दिन सम्पर्क गर्न सक्नुहुनेछ । अनलाईन माध्यमबाट लोन सेवा दिनेछौं सम्पर्क 010-5017 – 8501

facebook https://www.facebook.com/min.bishwo?mibextid=ZbWKwL

बिमारी प्रज्वल सुब्बा ईपीएस मार्फत कृषि भिषामा कोरिया आई उईजङ्गबु क्षेत्रको कृषि फर्ममा काम गरि रहेका थिए । कम्पनीले २ महिना अघि दुर्रव्यवहार गर्दे सुब्बालाई कम्पनीबाट निकाली दिएको थियो । उईजङ्गबुको एक सेल्टरमा बसेर कामको खोजी गर्दे थियो । गत शनिबार दिउसो सेल्टरमा बसि रहेको अवस्थामा आकस्मत एक्कासी सास फेर्न गाह्रो भएपछि तुरुन्त सङ्गमो अस्पतालमा लगेका एक आफन्तले बताए । 

बिमारीको आफन्तका अनुसार काम छोडेकोले स्वास्थ्य उपचार बिमा पनि रद्द भई सकेको र थप स्वास्थ्य उपचारको लागी अत्यन्तै मोटो रकम लाग्ने अस्पतालको प्रशासन शाखाले जानकारी गराएको बताए । सुन्दर भविष्यको सपना बोकेर कोरिया आएका एक नेपालीको जीवन बचाई दिन हुन सम्पूर्ण संघ संस्था तथा आदरणीय दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक अपिल गरिएको छ ।

सहयोगको लागि

बैंक खाता बिवरण 

Name- Yubendra tumbapo 

Bank name : 기업은행 IBK 

Bank Account no : 22141186302014

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय