Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

इपिएसलाई पर्यटन मन्त्रालयले सोध्यो स्पष्टिकरण , कोरिएन एअरको भाडा घट्न सक्ने।


सिओल

पर्यटन मन्त्रालयले इपिएस मार्फत कोरिया जाने नेपालीलाई हवाई भाडा अत्यधिक महँगो भएकोबारे ईपीएस कोरियालाई स्पष्टीकरण सोधेको छ।

कोरिया जाने यात्रुसँग कोरियन एयरलाइन्सले महँगो भाडा असुल गरेकाे भन्दै श्रम मन्त्रालयमार्फत स्पष्टीकरण सोध्ने निर्णय भएकाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिए। उनका अनुसार तीन दिनभित्र जवाफ पठाउन भनिएकाे छ।

j b bank लोन आवश्यक परेमा सम्झन सक्नुहुनेछ । अनलाइन माध्ययबाट नै आवेदन गर्न सकिने बैंक धाईरहनु पर्दैन ।

सजिलो लोनको लागि सम्झन सक्नुहुनेछ

ईपीएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकटको लागतबारे प्रश्न साेधिएको छ।

‘प्रतिव्यत्ति नाफा कति आउँछ? कति प्रतिशत बढाउन पाउने नियम छ? कोरियन एयरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोके? समग्रमा अहिलेसम्मको टिकटको बजेट कति हुन आउँछ?’ भन्ने खालका प्रश्न गरिएकाे मन्त्री किराती बताए।

यस्तै, कोरियन एयरलाइन्सले १ लाख ८५ हजार लिने टिकट मूल्य ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्छ, कोरियन एयरलाइन्सले किन अत्याधिक भाडा लिएको? भन्दै प्रश्न गरिएकाे छ।

उनको फेसबुक अनुसार निम्न प्रशानाहरु सोधिएका छन।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय