Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

अप्रिल 23 मा “छ्क्कापन्जा-४” कोरियाको सुवन शहरमा प्रदर्शन हुँदै

दक्षिण कोरियामा आगामी अङ्ग्रेजी महिनाको अप्रिल २३ मा नेपाली कथानक चलचित्र ‘छक्कापन्जा-४’ प्रदर्शन हुने भएको छ।

चलचित्र प्रदर्शन गर्नुको मुख्य उद्देश्य चलचित्र प्रदर्शनी बाट प्राप्त हुने आर्थिक आम्दानिबाट अशक्त, अपाङ्ग, असहाय तथा गम्भिर बिरामी परेका‌ व्यक्तिहरुको उपचारमा खर्च गरिने जे बि बैंक नेपाल कमलाले बताउनुभयो।

यसअघि गत मार्च १२ र १९ तारीखमा कोरियाका दुई ठुला सहरमा चलचित्र ‘छक्कापन्जा-४’ प्रदर्शनमा आइसकेको छ। मार्च १२ मा राप्ती समाज दक्षिण कोरियाको आयोजनामा पहिलोपटक ‘छक्कापन्जा-४’ प्रदर्शनमा आएको थियो।

चलचित्रको बारेमा :

ठेगाना : सुवन सहरको फाल्दाल्गु हेङ्गुङरो 88 (नाम्मुन्लोदेओआथुहोल्)

चलचित्र प्रदर्शन हुने समय : दिउँसो १ बजे

जे बि बैंक बाट छिटो छरितो रुपमा अनलाईल मार्फत लोन लिनुपरेमा 010-5017-8501 सम्झन सक्नुहुनेछ जे बि बैंक प्रतिनिधि मीन बि क

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय