Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा मृत्यु हुनेमा कोरियनको तुलनामा ३ गुणा बढी बिदेशी।

मिन बि क सौल दक्षिण कोरिया

कोरियामा कामदारको रुपमा प्रवेश गर्ने बिदेशीको संख्या दिनहुँ बढ्दो रहेको छ। कोरिया प्रवेश गर्ने बिदेशीको संख्यामा बृद्दी संगै अध्योगिक दुर्घटनाका घटनाहरु पनि बढिरहेका छन्। कोरियामा प्रवेश गर्ने बिदेशीको औद्योगिक सुरक्षा अहिले चिन्ताको बिषय रहेको कोरियाको एक संचार माध्यमले जनाएको छ।

उक्त संचार माध्यमका अनुसार कोरियामा औद्योगिक दुर्घटनामा परेर मृत्यु हुने कोरियनको तुलनामा बिदेशी कामदारको मृत्यु ३ गुणा बढी रहेको छ। यसको कारणमा भाषाको समस्या , सुरक्षाको साधनको प्रयोग नगर्नु , कार्यक्षेत्रमा काम गर्ने वातावरण स्वस्थ नहुनु , कामको जोखिम सम्बन्धी उचित शिक्षा नदिनु , जोखिम बहनगर्नको लागी उचित उपायहरुको ज्ञान नहुनु , काम गर्दा छोटो समयमा धेरै काम सम्पन्न गर्ने बाध्यात्मक परिस्थितिको सृजना हुनु जस्ता कारणहरु रहेका छन्।

कोरियामा आउने बिदेशी कामदारहरु शुरुमा ४ बर्ष १० महिना र थप समय गरेर करिब १० बर्ष बस्न पाउने हुनाले यो समयमा उनीहरुले प्राप्त गर्नुपने अधिकारहरु बढाईनुपर्ने मागहरु उठिरहेको चर्को रुपमा उठिरहेको छ।

J B BANk SUWON बाट लोन सेवा छिटो छरितो अनलाईन मार्फत नै लिन मिल्ने बैंक धाईरहनु नपर्ने, आवश्यक परेकोले सम्झिन सक्नुहुनेछ। सम्पर्कको लागी: 01050178501

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय