Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा फुलै फुलको मौसम ‘साकुरा महोत्सब ‘ हुँदै, यी ठाउँहरु हुन साकुरा हेर्ने कोरियाका उत्कृष्ट गन्तव्य !

गुरुदत्त न्यौपाने/सिओल

कोरियामा बसन्त ऋतुको आगमनको अर्थ हो, साकुरा फुल्ने समय । यहाँ साकुरा फुल्दा एकदमै सुन्दर देखिन्छ । यो वर्ष मार्च महिनाको अन्तिम हप्ता लाई चेरी अर्थात साकुरा फुल्ने पहिलो अनुमानित मिति मानिएको छ । यसपाली कोरियामा मार्च महिनामा चेरी फुल्ने पहिलो अनुमानित समय मानिएको छ । शउलमा भने अप्रिल ३ मा चेरी फुल्ने अनुमान गरिएको छ ।दक्षिण कोरियामा ४ वटा ऋतुहरु छन जसमा हरेक ऋतुमा फरक फरक मौसम संगै देशको मुहार पनि फरक फरक हुन्छ ।चेरि अर्थात साकुरा बसन्त ऋतुमा फुल्ने फुल हो ।यो ऋतुमा कोरियामा रंगिचङ्गी फुलहरु संगै वातावरण पनि हरियाली हुन्छ । आजको लेखमा कोरियामा साकुरा कहाँ कहाँ हेर्न सकिन्छ त्यसबारे केही जानाकरी दिने प्रयास गरिएको छ ।

१ . ऐईदो पार्क शउल ( Yeouido Park ,seoul )

ऐईदो पार्क कोरियाको हान नदिको किनारामा अबश्थित कोरियाको सुन्दर पार्क हो । यो पार्क कोरियाको लोकप्रिय साकुरा स्पट पनि हो । यहाँ हजारौँ साकुराका बिरुवाहरु छन् । यो स्थान कोरियाबाशी र पर्यटकमाझ निकै लोकप्रिय छ । त्यसैले यो स्थान प्राय भीड हुन्छ । अप्रिल महिनाको सुरुवात संगै यहाँ भएका साकुराका बोटहरु रंगिचङ्गी भएर फुल्ने गर्छन ।यो ठाउँमा आफ्ना नजिकका साथीहरु , परिवार भेला भएर साकुराको सुन्दर दृस्य संगै फोटो सेसन गर्ने , मिठोमिठो कुराहरु किनेर हान नदिको किनारमा बस्दै रमाईला पलहरु बिताउने गर्छन ।कतिपय मानिसहरु टेन्ट लगाएर रातिसम्म बस्ने , गर्छन ।साथै यो ठाउँ पिकनिकको लागी पनि प्रसिद्द रहेको छ ।यो ठाउमा पुग्न सउल सब वे को लाईन नम्बर ५ को ऐईदो (여의도) स्टेशनमा झरेर जान सकिन्छ ।

देशै भरी हुने चेरी फेस्टिभल को समय तथा मिती तालिका

यो बर्ष अप्रिल १ देखी १५ तारिख सम्म यहाँ चेरि ब्लसम फेस्टिभल पनि आयोजना गरिएको छ।यो ठाउँ अन्य सिजनमा पनि उत्तिकै प्रख्यात रहेको छ भने यो समय सबैभन्दा उत्तम र सुन्दर समय हो।तपाईहरु पनि सउल ,ख्यङ्गिदो आसपासमा हुनुहुन्छ भने त्यहाँ पुगेर फोटो,टिकटक तथा मिठा परिकार हरुको आनन्द लिई रमाईलो गर्नुहोला है।

ठेगाना : 서울특별시 영등포구 여의서로

२ . सक्छन ताल सउल ( Seokchon lake ,seoul )

सक्छन ताल पनि शउलको मुटुमै शाकुरा हेर्नको लागी प्रसिद्द गन्तब्य हो ।यहाँको पुतली आकारको तालको चारैतर्फ फुलेका धेरैथरी साकुराका फुलहरु संगै सयौँथरी रंगीचङ्गी फुलहरुको सौन्दर्यताले हर सबैलाई मन्त्रमुग्ध पार्दछ ।

अन्य ऋतुहरुमा पनि मानिसहरुको भिडभाड हुने यो ठाउ बिशेषगरी बसन्त ऋतुमा फुलेका साकुराका फुलहरुले झनै आकर्षित गर्छ । यो ताल बिश्वकै पाचौँ अग्लो १२३ तलाको बिल्डिङ ‘लोट्टे वर्ड टावर ‘ को काखैमा अबश्थित छ ।यो ठाउँमा अातिसबाजी सहित तालको मनमोहक दृश्य हेर्न मानिसहरुको भिडभाड हुने गर्दछ । यो ठाउँमा पुग्न शउल सब वे को २ र ८ नम्बर लाईनको जाम्सिल ( 잠실 ) स्टेशनको २ र ३ नम्बर गेट बाट निस्किई पुग्न सकिन्छ।

यो बर्ष सक्छन तालमा अप्रिल १ देखी १० तारिख सम्म चेरी बल्जम फेस्टिभल आयोजना हुँदैछ।उक्त उत्सवमा बिभिन्न साँगितिक मनोरन्जन,रंगिचङ्गी फुलहरुको बिचमा हजारौँ मानिसहरुको उपस्थिति हुने हुँदा यहाँ गई रमाउन नभुल्नुस है।

ठेगाना : 서울특별시 송파구 잠실6동

३ . ख्यङ्गबोकगुङ दरबार शउल ( Gyeongbokgung palace )

ख्यङ्गबोकगुङ दरबार कोरियाको पर्यटकिय स्थलको रुपमा प्रसिद्द ठाउँ हो । यो ठाउँ बसन्त ऋतुमा मात्र नभएर अन्य ऋतुमा पनि उत्तिकै सुन्दर ठाउँ हो । अन्य ठाउँको तुलनमा यहाँ साकुराको बोट त्यति धेरै नभएतापनि यहाँ फुल्ने पिङ्क रँङ्गको फुलहरु र परम्परागत ऐतिहासिक दरबार हेर्न पाईने भएकोले छुट्टै आनन्द महशुस हुन्छ ।यो दरबारमा कोरियन राष्ट्रीय पोषाक ‘हानबोक’ लागई फोटो पनि खिचाउन सकिन्छ । यहाँ पुग्नको लागी सउल सब वे तिन नम्बर लाईनको ख्यङ्गबोकगुङ्ग (경복궁) स्टेसनमा झरेर जान सकिन्छ ।

४ . जिन्हे ख्यङ्गनाम ( jinhae Gyeongnam )

कोरियाको दक्षिणी भागमा अबश्थित सहर बुसान बाट नजिकै पर्ने जिन्हे ख्यङ्गनाम पार्क कोरियाको सबैभन्दा पुरानो साकुरा फुल्ने ठाउँ हो । यो ठाउँमा हजारौं फरक फरक प्रकृतिका साकुरा प्रजातीहरु भएकोले यो आसपासमा हुने मानिसहरु वसन्त ऋतुको आगमन संगै घुम्न जाने गर्छन । यो ठाउँमा बिभिन्न थरिका साकुरा फुल्ने भएकोले हजारौँ मानिसहरु फोटो सेसन गर्ने गर्छन ।

५ . ख्यङ्गबोदे ताल ( Gyeongpodae ताल )

समुद्र तटहरु संग चेरी फूलहरु को संयोजनमा रमाउन को लागी सुन्दर तटीय शहर Gangneung को Gyeongpodae ताल मा जान सक्नुहुन्छ।करिव ४ किलोमिटर भन्दा बढी क्षेत्रफलमा फैलिएको रूखहरू हिंड्नको लागि यो पक्कै पनि न्यानो वसन्त ऋतुको दिन बिताउने राम्रो डेस्टिनेसन हुनेछ। त्यहाँ धेरै रमाइलो खेलहरू तथा बिभिन्न गतिविधिहरू को रमाइलो लिन, साथै फूल प्यानकेकहरू जस्तै अद्वितीय उत्सव खानाहरू समेत उपलब्ध हुने भएकोले समय हुनेहरु यहाँ गई मज्जा लिनुहोला।

यहाँ अप्रिल १ देखी अप्रिल १० सम्म चेरी फेस्टिभल समेत आयोजना हुने भएको छ।यहाँ पुग्न Gangneung बस टर्मिनल बाट २०२ नम्बर बस चढेर Gyeongpodae ताल मा जान सकिन्छ।

J B BANk SUWON लोन सेवा छिटो छरितो अनलाईन मार्फत नै लिन मिल्ने बैंक धाईरहनु नपर्ने आवश्यक परेकोले सम्झिन सक्नुहुनेछ। सम्पर्कको लागी: 01050178501

६ . जेजु टापु ( jeju island )

जेजु टापु कोरियाको प्रसिद्द पर्यटकिय गन्तब्य हो । यो ठाउँ पनि साकुरा हेर्नको लागी प्रसिद्द रहेको छ ।शउल क्षेत्र तिर भन्दा यो क्षेत्रमा केही अगाडी देखीनै साकुरा फुल्ने भएकोले बसन्त ऋतुको शुरुवातीमै घुम्न चाहनेहरुलाई यो ठाउ प्रमुख गन्तब्य बनेको छ । जेजु टापुमा धेरै ठाउँमा साकुरा फुल्ने भएतापनि नोक्सान रो भन्ने ठाउँचाही यो टापुको बिशेष ठाउँ रहेको छ ।

७ . नामसान टावर (सउल टावर)

दक्षिण कोरियाको राजधानी सिओल लाई फराकिलो तरिका ले चारैतिर बाट अवलोकन गर्न सकिने राजधानीको उच्च पहाड को टावर हो नामसान टावर यानिकी सउल टावर।सउल टावर विशेषगरी युगल जोडी हरुका लागी उपयुक्त ठाँउ हो।वसन्त ऋतुमा यहाको पुरै पहाड साकुरा फुलले ढकमक्क भई सुन्दर हुन्छ।साकुरा हेर्ने मानिसहरुको भिडभाड हुने साथै खानाका विभिन्न परिकार हरु पनि पाईने भएकाले यो मौषममा यो टावर घुमेर सुन्दर सउल अवलोकन तथा फुलैफुलको मौषममा रमाउन सकिन्छ।यहाँ जानको लागी सउल सव वे म्यङदोङ स्टेसन तथा सउल स्टेसन लगायत थुप्रै स्टेसनमा झरेर जान सकिन्छ।

यि बाहेक कोरियामा अन्य धेरै ठाउँहरु पनि चेरी फेस्टिभल हेर्ने उपयुक्त ठाउँहरु छन जसमा सउल ग्रा्न्ड पार्क,ख्यङ्जु लगायत ठाउँहरुमा पनि जान सक्नुहुन्छ।

कोरिया यो मौसममा साँच्चिकै दुलही जस्तै सिँगारिएको हुन्छ।यदि यो मौसममा तपाईहरुको फुर्सद छ र कहाँ घुम्ने होला भन्दै हुनुहुन्छ भने योजना बनाईहाल्नुस है।मार्चको अन्तिम र अप्रिलको शुरुवाती दिनहरुमा मज्जाले घुमेर फोटो,भिडियो टिकटक बनाई साथीहरु संग मज्जा लिनुहोला।२ दिनको जिन्दगी मज्जाले जिऔं मेमोरीका कथाहरु बुनौँ पछि नेपाल फर्केपछी बुढेसकालमा अहिले गरेका रमाईलो हरु सम्झेर गम्किनु परेन?

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय