Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

आगो निभाउन सहयोग गरे बापत कोरियामा एक नेपाली अग्नी नियन्त्रण कार्यालय बाट सम्मानित !

गुरुदत्त न्यौपाने/सिओल

ईपिएस मार्फत करिव १० बर्ष अगाडी कोरिया आई श्रम गरिरहेका एक नेपाली आफ्नै कम्पनी छेउको कम्पनीमा आगलागी हुँदा आगो निभाउन उल्लेखनिय भुमिका खेले बापत अग्नी नियन्त्रण कार्यालय पोछन बाट सम्मानित भएका छन।सम्मानित हुने व्याक्ति सुर्खेत का याम सारु मगर हुन।

१५ दिन अगाडी ख्यङ्गिदो को उत्तरी क्षेत्र पोछन सि को खोमरी भन्ने ठाउँमा उनकै कम्पनी नजिक को कम्पनीमा मेसिनमा विधुतिय सर्ट भएर आगलागी भएको थियो।आगलागी भई कम्पनी पुर्ण रुपमा जलेर उक्त आगो नजिकैको जंगलमा छिरेको समयमा उनले आगो देखेपछी लगत्तै निभाउन गएका थिय।

 

बैंकको सस्तो भरपर्दो छिटो छरितो लोन सेवाको लागी तलको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ।

 

उनले काम गर्ने कम्पनी अग्नी नियन्त्रण सम्बन्धी पाईप बनाउने र सम्पुर्ण अग्नी नियन्त्रण गर्दा ध्यान दिनुपर्ने र प्रयोग हुने सबै सामानहरु आफ्नो कम्पनीमा स्याम्पलको रुपमा राखेकोले उनले उक्त आगो आफ्नो कम्पनी लगायत जंगलमा छिर्नलाग्दा ति उपकरण को प्रयोग गरी आगो निभाएका थिय।

कोरियाली अग्नी नियन्त्रण कार्यालय बाट आगलागी भएको ठाउँमा अग्नी नियन्त्रक हरु आईपुग्दा उनले करिव करिव आगो नियन्त्रण गरेको देखेर पोछन अग्नी नियन्त्रण कार्यालय उनको त्यो काम देखेर उनको कार्यको उच्च मुल्याङ्कन गरी सम्मान गरेको बताईएको छ।

पोछन अग्नी नियन्त्रण कार्यालयले सम्भावित घटना लाई न्युनिकरण गरी ठुलो क्षति हुन बाट बचाएको भन्दै उनलाई सम्मान स्वरुप प्रमाणपत्र तथा उपहार दिएको बताईएको छ।

उच्च जोखिमका बाबजुत पनि यहाँ श्रम गरेका विदेशीले यस्तो साहसिक काम गरेकोले उक्त कार्यालयले उनलाई सम्मान गरेको उल्लेख गरिएको छ।साथै उनको यो कार्यलाई कोरियाली समाचार संस्था केविएस लगायत अन्य पत्रकारहरुले समेत रिपोर्टिङ गरेको बताएका छन।

उनको यो कामले नेपाल अनि नेपाली लाई हेर्ने नजर तथा सम्मानमा केही ईट्टा थपिएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय