Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा पर्ने समस्याको समाधानको लागि खटिने नेपाली चेली योगिता गौतम, चर्चा कम काम बढी

सउल दक्षिण कोरिया,
कोरियामा रहेका नेपालीहरुको समस्यालाई आफ्नै समस्या सम्झिएर समाधानको निमित्त कोरियामा  निस्वार्थ  रुपमा अहोरात्र खटिने कोहि छ भने त्यो नाम हो योगिता गौतम ।
उनि प्रायः  अस्पताल , प्रहरी कार्यालय , नेपाली कार्यारत कम्पनी, अड्डा अदालत तथा नोदोङ्बुमा नेपालीहरुको समस्या समाधान गरिरहेको रुपमा भेटिन्छिन ।
नेपालमा अंग्रेजी बिषयमा ब्याचलर सकेकी योगिताले कोरिया भित्रिएपछि  कोरियाकै बिद्यालयमा 4 बर्ष  अंग्रेजी बिषय पठाएकी थिईन ।
हाल उनले कोरियामा साईकोलोजी परामर्श बिषयमा ब्याचलर गर्दैछन । कोरियामा  रहेका सबै नेपालीहरुको समस्यालाई समाधान तथा रोकथामका उपायहरुको बिषयमा परामर्शदाताको रुपमा काम गर्दै आएकी छन ।
कोरियाको  ख्यङ्गनामइजुमिन सेन्टरमा नेपाली  मेनेजरको रुपमा कार्यारत उनिसंग धेरै नेपालीहरुको समस्या समाधान गरेको अनुभव रहेको छ ।
उनको कार्यालयमा आउने केशहरुमा सबैभन्दा बढी डिप्रेशनका रहेका छन भने त्यसको अलवा कम्पनी परिवर्तन , शारीरिक समस्या , भैपरिआउने घटना ,अदालती प्रक्रिया , नोदोङ्बु,अस्पताल तथा अन्य सरकारी कार्यालयमा दोभाषे गरिदिनुपर्ने लगायत रहेका छन ।
कोरियामा भएका नेपालीह्रुको सम्पुर्ण समस्याहरु , कम्पनिले तलब नदिएमा , कर भुक्तानी नगरिदिएमा ,स्वास्थ्य ,बिमा लगायत कम्पनिसंग सम्बन्धित सबै समस्याहरु , औद्योगिक दुर्घटना र उपचार सम्बन्धी समस्या , कोरियन संग बिबाह गरि आएकाको पारिवारिक समस्याहरु ,  बैधानिक तथा अबैधानीक रुपमा काम गर्ने कामदारका समस्याहरु , स्वास्थ तथा मानसिक समस्याहरु ,विद्यार्थीका समस्याहरु लगायत कानुनी समस्याहरुको समाधानको रुपमा योगिता गौतम खट्ने गरेकी छन ।
उनलाई काम गर्नको लागि सबैभन्दा झन्झट दिने बिषय भनेको कोरियामा टिकटकमा सुचना जानकारी दिनेले हो । हुँदै नभएका बिषयलाई सुचनाको आधार बनाईदिँदा अनावश्यक फोन गरेर हैरान बनाउने उनको गुनासो छ ।
उनको कार्यालयमा सबैभन्दा बढी आउने केश कम्पनी परिवर्तनको रहेको छ ।कोरिया प्रवेश गरेको १०/१५ दिनदेखी नै कम्पनी परिवर्तन गर्न खोज्नेको जमात बढी भएको उनी बताउँछिन ।
क्म्पनी परिवर्तनको केश लिएर कम्पनिसंग कुरा गर्न खोज्दा  कम्पनी साहुहरुले कम्पनी परिवर्तन गरिदिन बसेका हौ भन्ने जस्तो आरोप लगाउने गरेको अनुभव सुनाउछिन । नेपालबाट कोरिया प्रवेश गरेपछी कम्तिमा पनि ३ महिना आएको कम्पनिमा काम गरिदिन नेपालीहरुलाई उनको आग्रह छ ।
नेपाली कामदारहरुलाई ट्रेनिङ्ग सेन्टरमा दिईने शिक्षा कोरियाको नियम कानुन ,कोरिया प्रवेश गरेपछी  कम्पनिमा पर्ने समस्या , कम्पनिमा आफ्ना दाजुभाईसंग समन्वय गर्ने र सहकार्य गर्ने वातावरण निर्माण , कामको प्रकृति ,घरपरिवारको सम्झना ,डिप्रेशन लगायतका समस्यालाई समाधान र उपचार , इमर्जेन्सी सेवा लिने तरिका हरुको ज्ञान  दिएर पठाउनुपर्ने  योगिताले बताउँछिन ।
कोरियामा नियम कानुन अत्यन्तै सशक्त रुपमा लागू हुने भएकोले कानुन बिपरित गरेका सम्पुर्ण कार्यको सजाय तथा क्षतिपूर्ति प्राप्त हुने हुँदा कोहि पनि अन्यायमा पर्नु भएको छ भने योगिता गौतमलाई सम्झिएर कार्यालयमा उपस्थित भई आफ्नो समस्या समाधान गर्न सक्नुहुनेछ ।
योगिता गौतम ( किम युमि) लाई सम्पर्क गर्नको लागि ०५५-२७७-८७७९ मा फोन गरेर अथवा ख्यङ्गनामइजुमिन ( 경남이주민센터)  सेन्टरमा भ्रमण  गर्न सकिनेछ ।
कोरियामा सस्तो भरपर्दो  छिटो छरितो लोन लिन चाहनुहुन्छ भ्क्ने तलको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ । सबै काम अनलाइनबाट हुनेछ । 
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय