Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा रहेका नेपालीहरुको दुख:सुखका साथी मनोज गुरुङ

सौल कोरिया

निकै व्यस्तताको बाबजुत कोरियाका श्रमिकका भोगाई, अनुभव , कोरिया सम्बन्धी अनेक जीवनोपयोगी शिक्षा , जानकारीमुलक सुचनाहरु दिदै आउनुभएको एउटा चर्चित नाम हो मनोज गुरुङ। गोदावरी नगरपालिका २ तेघरी कैलाली स्थायी घर भएका मनोज गुरुङ कोरिया भित्रिएको करिब ७ बर्ष भयो। कोरियामा रहेर काम गर्दै आएका मनोजलाइ कुनै कार्यक्रम पर्दा होस् वा कुनै बिरामी भएर सहयोग माग्नुपर्दा होस् कोरिया भरिका नेपालीले गुहार्ने गरेका छन्।

 

कोरिया भन्नेबित्तिकै अहिले धेरैको पहिलो रोजाईको देश भनेर पनि बुझ्ने गरिन्छ। कमाई पनि राम्रै हुने गर्दछ। धेरै नेपाली युवायुवतीले अहिले कोरिया जाने, कमाउने र शुन्दर भबिस्य बनाउने उद्देश्य राखेर कोरियन भाषा पढेर त कोहि बिद्यार्थी भिषामा कोरिया प्रवेश गरेको देखिन्छ। कलिलो उमेर ,अपरिपक्क मानसिकता , घरमा ब्यबहारिक रुपमा लामो समयसम्म खटेर काम नगरेको बानि भएकाहरु कोरिया आउनासाथ निकै नै मेहनत गरि श्रम गर्नुपर्ने हुन्छ।

 

कहिले सुचनाको अभाव, भाषागत ज्ञानको कमि , स्वास्थ्य तथा मानसिक समस्या लगायतका समस्याहरुको सिकार हुने गर्दछन। यिनै नेपालीहरुको लागी मल्हम बनेर उभिएका छन् मनोज गुरुङ भने कोरियामा रहेका संघ संस्थाका कार्यहरुको जनमानसमा पुर्याउने खम्बाको रुपमा।

सरल स्वभावका मनोजले सबैको अनुरोधलाइ स्वीकार गर्ने गर्छन। उनले केवल युट्य़ुब मात्रै चलाएका छैनन्। कसैले कोरियामा कार्यक्रम गर्दा सम्झिने, सहयोगको अपिलको लागी सम्झिने , सुचनाको लागे सम्झिने नाम हो मनोज गुरुङ। यसरी दुख पर्दा होस् या सुख पर्दा , रमाउदा होस् या खुशी हुदा सबै सबैले सम्झिने नाम बनेको छ मनोज गुरुङ । जानकारीमुलकअन्तर्वार्ता लगायत कोरियामा हुने र भए गरेका सुचनाहरु लगायत कोरियन भाषाका निशुल्क कक्षाहरु पनि संचालन गर्दै आफ्नो युट्य़ुब च्यानल ( manoj gurung ) मार्फत प्रशारण गर्ने गरेका छन्।

कोरियामा  JB Bank लोन चाहिएमा सम्पर्क गर्न सक्नुहुनेछ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय