Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

युवापुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा दक्षिण कोरियाको प्रजनन दर घट्दै

सौल दक्षिण कोरिया ,

दक्षिण कोरियाको प्रजनन दर उल्लेखनीयरूपमा घटेको छ । युवापुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा प्रजनन दर घटेको कोरियाली तथ्याङ्क कार्यालयले जनाएको छ ।

Trip

सन् २०२१ मा कुल प्रजनन दर शून्य दशमलव आठ एक प्रतिशत रहेकामा गएकाे वर्ष कुल प्रजनन दर शून्य दशमलव सात आठ प्रतिशत कायम भएको काेरियाली तथ्याङ्क कार्यालयले बुधवार बताएको हो । यो प्रजनन दर सन् १९७० यताको सबैभन्दा कम हो ।

सन् २०१८ पछि लगातार देशको प्रजनन दर एक प्रतिशतभन्दा कम रहेको छ । बालबच्चाको स्याहारसुसारको लागतमा निरन्तर भइरहेको वृद्धि, बढ्दो बेरोजगारी, विवाहप्रति बदलिएको सामाजिक धारणा, आवासको उच्च मूल्यलगायत कारणले युवा पुस्तामा विवाह र सन्तान उत्पादनमा अरुचि तथा ढिलो विवाह गर्नाले प्रजनन दर घटेको कार्यालयले बताएको छ ।

कोरियाली तथ्याङ्क कार्यालयका अनुसार गएकाे वर्ष दुई लाख ४९ हजार बच्चा जन्मेका थिए भने सन् २०१७ मा चार लाख बच्चाको जन्म भएको थियो । त्यसपछि लगातार तीन वर्ष तीन लाख बालबालिका जन्मेका थिए ।

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय