Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

नेपालबाट कोरियाको लागि मौसमी कामदार लैजाने अवस्था यस्तो

 

दक्षिण कोरिया ,
दक्षिण कोरियाले नेपाली श्रमिकलाई  मौसमी कामदारको रुपमा भित्र्याउन ३ बर्षको लागि प्रतिबन्ध गरेको मौसमी कामदार सम्बन्धी अध्यागमन बिभागका निर्देशक इसुङ्ह्यनले जनाएका छन ।
मौसमी कामदारको प्रक्रिया पूरा गरेर कोरियाको स्थानीय निकाय र अन्य देशको स्थानिय निकायबिच सम्झौता गरि मौसमी कामदार भित्र्याउदै आएको कोरियाले  नेपालबाट मौसमी  कामदारको रुपमा कोरिया आएका मध्ये ८०% भन्दा धेरैले कार्यस्थल छोडी कोरियामै बसेको कारण देखाउदै नेपालीलाई मौसमी कामदारको रुपमा ल्याउन नसकिने जनाएका छन ।
नेपाल सरकारले  पनि कोरियामा गएका मौसमी कामदार कोरियामै लुकेर बस्ने गरेको तथ्यलाई आधार मान्दै भविस्यमा बैधानिक माध्यमबाट लामो समय रोजगारी दिईरहेको इपिएस प्रणालीमा आउने असरलाई मध्यनजर गर्दै तथा स्थानिय निकायले दलाल मार्फत मनोमानी ढंगबाट जनता ठगिरहेको सुचनाका आधारमा कोरियामा मौसमी कामदार नपठाउने निर्णय गरेको छ । सोही निर्णयको आधारमा दूतावासले मौसमी कामदार सम्बन्धि सम्झौता गर्न नमानेको अध्यागमनका निर्देशक इसुङ्ह्युनले बताए । मौसमी कामदरको हकमा कार्यबिधी यश प्रकार रहेको छ ।

 

एक बर्षभित्रमा कोरिया प्रबेश गरेका मौसमी कामदारको ७० % भन्दा बढि अवैध रुपमा बसेको खण्डमा सो देशबाट मौसमी कामदार ल्याउन ३ बर्ष प्रतिबन्ध लगाउने कर्यबिधी रहेकोले  सोही कार्यबिधिको पालना गर्दा  नेपाललाई  मौसमी कामदार भित्र्याउन प्रतिबन्ध लागेको हो ।  नेपालबाट गत बर्ष मौसमी कामदारको रुपमा कोरिया भित्रीएका ८०% भन्दा धेरै  कामदार सम्झौता अनुसार  स्वदेश नफर्किएका कारण कोरिया प्रतिबन्ध लगाउन बाध्य भएको हो ।

 

यद्यपि कोरियन नागरिक संग बिबाह गरेका नेपालीहरुको आफ्नो आफन्तलाई कोरियामा मौसमी कामदारको रुपमा ल्याउन भने सक्नेछन । उनिहरुको हकमा आफ्नो दाजुभाई ,दाजुभाइका छोराछोरी , आमाको दाजुभाईको छोराछोरी र बुबा तर्फका दाजुभाइको छोराछोरी सम्मलाई मौसमी कामदारको रुपमा कोरिया ल्याउन मिल्छ भनेर इसुङ्ह्युनले बताए ।

 

 

नेपाल सरकारले मौसमी कामदार कोरिया पठाउन रोक लगाएको निर्णय यस प्रकार रहेको छ  ।

 

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय