Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाले २०२३ देखि ४ बर्ष बसेकालाई E-7-4 भिषा दिने । 

 

सौल दक्षिण कोरिया
दक्षिण कोरियाले २०२३  देखि E-7-4 भिषा दिने मापदण्डमा हेरफेर गरेको छ ।  २०२३ देखि  e-9  भिषामा ४ बर्ष कोरियामा काम गरेकाले E-7-4 भिषाको लागी आवेदन दिन पाउने  भएका  छन ।

 

 

 

दक्षिण कोरियाली न्याय मन्त्रालयले २०२३ को लागि  जारी गरेको मापदण्डअनुसार कोरिया प्रवेश गरेको ४ बर्ष अवधी पूरा गरेकाहरुले यदि कोरियाको अध्यागमन बिभागद्वारा संचालित 사회통합프로그램 (KIIP) अन्तर्गत ३ लेभल पास गरेको खण्डमा भिषा आवेदन दिन पाउनेछन ।
२०१८ भन्दा अगाडि पनि ४ बर्ष कोरियामा बसेकाले E-7-4 भिषाको लागि आवेदन दिन पाउने ब्यबस्था थियो त्यो ब्यबस्थालाई २०१८  देखि  हटाएर  ५ बर्ष पुरा भएकाले मात्रै आवेदन दिन पाउने ब्यबस्था गरेकोमा पुन : २०२३ जनवरी दिल्ली लागू हुने गरेर ४ बर्ष अवधी पूरा गरेकाले E-7-4 भिषाको लागि आवेदन दिन पाउने बनाएको छ ।  आवेदक ४ बर्ष कोरिया प्रवेश गरेको अवधी पूरा हुनुको साथै   kiip को ३ लेभल पास गरेको हुनुपर्नेछ ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय