Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

E-7-4   भिषा   2023 को लागि नोदोङ्बुले दिने सिफारिस पत्र (고용추천서) प्राप्त गर्ने मापदण्ड , भोलिदेखि आवेदन दिन मिल्ने

३०० जनाले सिफारिस पत्र प्राप्त गर्ने

 

दक्षिण कोरियाले  E-7-4   भिषा   2023 को लागि  पहिलो कोटा अन्तर्गत नोदोङ्बुले दिने सिफारिस पत्र (고용추천서)आवेदन दिने मिति  २०२३ जनवरी २६ बिहिवार देखि फेब्रुअरी १ बुधबार सम्म तय गरेको छ  भने नाजिजा प्रकाशन फेब्रुअरी ८ मा गर्ने भएको छ

E-9 र H-2 भिषामा दक्षिण कोरियामा रहेर  पाँच बर्ष भन्दा बढी  काम गरेका बिदेशी कामदारले E-7-4 भिषापरिवर्तन गर्न सक्दछन ।
कोरियाले  आय ,भाषा,कामको अनुभव ,योग्यता सम्पत्ति , सम्बन्धित निकायको बिशेष सिफारिसको आधारमा अंकस्कोरको मापन गरि उच्च अंक भार प्राप्त गर्नेले E-7-4 भिषा प्राप्त गर्ने आधार बनाएको छ ।सिफारिस पत्रमा तोकिएको मापदण्ड पुरा भएको खण्डमा मात्रै कामदारले सिफारिस पत्र प्राप्त गर्ने छन्। पहिलो कोटा अन्तर्गत ३०० जनाले सिफारिस पत्र प्राप्त गर्नेछन। यदि सिफारिस पत्र प्राप्त गरेको खण्डमा E-7-4 भिषा परिवर्तन गर्दा सिफारिस पत्रको १० अंक सहित ५२ अंक भन्दा बढि भएको आवेदकले E-7-4 भिषा प्राप्त गर्नेछन।

कम्पनीले पुरा गर्नुपर्ने मापदण्डमा यस प्रकारका रहेका छन्

१ सिफारिस पत्र (고용추천서) प्राप्त गर्ने आधारहरुमा  कम्पनी 뿌리산업 मा दर्ता भएको हुनुपर्ने  अथवा मेसिनरी उपकरण उत्पादन ,धातुजन्य उत्पादन,खाद्य उत्पादन ,रबर प्लास्टिक उत्पादन ,फर्निचर उत्पादन ,टेक्स्टाईल उत्पादन ,जहाज डुङ्गा निर्माण उद्योग  गरि ७ प्रकारका उत्पादन समुहभित्र पर्ने कम्पनीमा काम गर्नेले  सिफारिस पत्र (고용추천서) को लागि आवेदन दिन सक्नेछन ।
२ सम्बन्धीत बिदेशी कामदारको औद्योगिक दुर्घटना बिमा गरेको हुनुपर्ने र सिफारिस गर्ने कम्पनीले बिगत छ महिना भित्र कुनै पनि कोरियन कामदारलाई कम्पनीको कारणले कामबाट ननिकालेको हुनुपर्ने
३ E-7-4 भिषा आवेदन गर्ने दिन देखि १ बर्ष अवधीको रोजगार सम्झौता हुनुपर्ने।

कामदारको तर्फबाट पुरा गर्नुपर्ने मापदण्ड :

१ E-7-4 भिषा परिवर्तनको मापदण्ड अनुसार सिफारिस पत्रको अंक १० जोड्दा न्युनतम ५२ भन्दा बढि हुनुपर्ने
२ रोजगारी अवधी १ बर्ष भन्दा कम भएका  ,
३ कमिटेड कामदारको रुपमा पुन: प्रवेश गरेका
४ कमिटेडको रुपमा पुन प्रवेश गरेपछि कम्पनी परिवर्तन नगरेका
नजिकैको रोजगार केन्द्रमा सिफारिस पत्र (고용추천서) को लागी दिन सकिनेछ। यसको नाजिजा फेब्रुअरी ८ मा प्रकाशीत हुनेछ।

रोजगार केन्द्रली जारी गरेको सुचना यस  प्रकार रहेको छ ।

 

 

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय