Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

E-7-4 भिषा 2023 को पहिलो कोटाको लागि (고용추천서) सिफारिस पत्र आवेदन दिने मिति तय , 300 जनाले प्राप्त गर्ने

मीन बि क
दक्षिण कोरियाले  E-7-4   भिषा   2023 को लागि  पहिलो कोटा अन्तर्गत नोदोङ्बुले दिने सिफारिस पत्र (고용추천서)आवेदन दिने मिति  यहि जनवरी २६ बिहिवार देखि फेब्रुअरी १ बुधबार सम्म तय गरेको छ  ।
 E-9 र H-2 भिषामा दक्षिण कोरियामा रहेर  पाँच बर्ष भन्दा बढी  काम गरेका बिदेशी कामदारले E-7-4 भिषापरिवर्तन गर्न सक्दछन ।
कोरियाले  आय ,भाषा,कामको अनुभव ,योग्यता सम्पत्ति , सम्बन्धित निकायको बिशेष सिफारिसको आधारमा अंकस्कोरको मापन गरि उच्च अंक भार प्राप्त गर्नेले E-7-4 भिषा प्राप्त गर्ने आधार बनाएको छ ।
सिफारिस पत्र (고용추천서) प्राप्त गर्ने आधारहरुमा  कम्पनी 뿌리산업 मा दर्ता भएको हुनुपर्ने  अथवा मेसिनरी उपकरण उत्पादन ,धातुजन्य उत्पादन,खाद्य उत्पादन ,रबर प्लास्टिक उत्पादन ,फर्निचर उत्पादन ,टेक्स्टाईल उत्पादन ,जहाज डुङ्गा निर्माण उद्योग  गरि ७ प्रकारका उत्पादन समुहभित्र पर्ने कम्पनीमा काम गर्नेले  सिफारिस पत्र (고용추천서) को लागि आवेदन दिन सक्नेछन ।
रोजगारी अवधी १ बर्ष बाँकी भएका  , कमिटेड कामदारको रुपमा पुन: प्रवेश गरेका कम्पनी परिवर्तन नगरेका तथा  E-7-4 भिषा परिवर्तनकोको लागि तोकिएको अंकभारको न्युनतम अंक ५२ वा  सो भन्दा बढि अंक  प्राप्त गर्ने आधार देखिएमा जब सेन्टरले सिफारिस पत्र (고용추천서) दिन योग्य ठहर्ने छ ।
रोजगार केन्द्रली जारी गरेको सुचना यस  प्रकार रहेको छ ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय