Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

इपिएस मार्फत दक्षिण कोरिया जानेको जहाज भाडा घट्यो

रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरिया जाने हवाई भाडा घटाइएको छ । भाडा घटाएर एकतर्फी उडानको ८ सय ९५ अमेरिकी डलर ताेकिएकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनुभयो । यो भन्दा पहिले १२ सय १५ अमेरिकी डलर रहेको थियो ।

हवाई भाडा बढी भएको भन्दै विरोध हुन थालेपछि भाडा समायोजन गरेको सचिव अर्यालले बताउनुभयाे । श्रम मन्त्रालयले हवाई भाडाका लागि बोलपत्र आह्वान गरेकामा काेरियन एअरलाईन्सकाे प्रस्ताव स्वीकृत भएसँगै आजैदेखिको टिकट बुकिङमा कम मूल्य तिरे पुग्ने भएको हाे ।

ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा जाने श्रमिक अब पहिलेभन्दा ३ सय २० डलर सस्तो भाडादरमा जान पाउनेछन् । हाम्रा खबर बाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय