राष्ट्रिय स्वतन्त्र पार्टिले दक्षिण कोरियामा भातृ संगठन बिस्तार गर्दै
राष्ट्रिय स्वतन्त्र पार्टीले दक्षिण कोरियामा भातृ संगठन बिस्तार गर्ने भएको छ । दक्षिण कोरियाको विभिन्न सहरमा रहनुहुने राष्ट्रिय स्वतन्त्र पार्टीमा आस्था राख्ने सदस्य तथा शुभेच्छुकहरु बिच ‘भेटघाट तथा अन्तरक्रियाका’ साथै `प्रवास नेपाली सम्पर्क बिभाग” समिती गठन सम्बन्धि छलफल कार्यक्रम यहि जनवरी १५ तारिकमा नमस्ते रेस्टुरेन्ट सभा हल दोङ्म्योआफ मा हुने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास सम्पर्क कमिटी द. कोरिया को आयोजना केन्द्रिय सभापति तथा नेपाल सरकारका उप- प्रधानमन्त्री तथा गृहमन्त्री माननिय रवि लामिछाने (Rabi Lamichhine)तथा केन्द्रिय उप-सभापति तथा विदेश विभाग प्रमुख माननिय डि.पि अर्याल (D.P Aryal )द्धारा भर्चुअल जुम मार्फत विशेष सम्बोधन हुने र दक्षिण कोरियाका लागि नयाँ भातृ संगठनको घोषणा हुने कार्यक्रम रहेको छ ।
कार्यक्रम सम्बन्धि थप जानकारी ।
मिति: २०२३/०१/१५ आइतबारका दिन
समय : दिउँसो ठिक ११बजे (कोरिया को समय)
स्थान : नमस्ते रेस्टुरेन्ट सभा हल दोङ्म्योआफ (५ न. गेट अगाडि )सिओल
Comments
ट्रेन्डिङ