Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरिया आएको ७ महिनामै  एक युवतीले झुण्डिएर आत्महत्या गरिन , पार्थिव शरीर नेपाल लैजान सहयोगको अपिल । 

 

दक्षिण कोरियाआएको सात महिनामै सिन्धुपाल्चोक घर भई हाल दक्षिण कोरियामा रहेकी २७ बर्षिय निर्मला तामाङले  झुन्डिएर आत्महत्या गरेको नेपाली राजदुतावास दक्षिण कोरियाले जनाएको छ ।
सिन्धुपाल्चोक मेलम्ची घर भइ विगत ७ महिना अगाडि मात्रै इपिएस भिषामा  दक्षिण कोरियामा कार्यरत  निर्मला तामाङ  विगत काम गरेको कम्पनी छोडेर नयाँ कम्पनीमा काममा लागेको  ४/५ दिन मात्र भएको निकटतम साथीहरुले जनाएका छन ।  कम्पनिको काममा नियमितता नभईसकेकि उनले  २०२३ जनवरी ९ तारिख करिब साझ ५:३० तिर  आफनै कोठामा झुन्डिएको अवस्थामामृत भेटिएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाका सचीव विशाल श्रेष्ठले जानकारी दिए । उनी कम्पनिमा श्रम सम्झौता गरेको तर काममा भने लागेकी थिईनन साथीहरु कामबाट फर्किदा झुन्डिएको अवस्थामा साथीलाई देखेपछि कम्पनीमार्फत प्रहरीलाई खबर गरेका थिए ।
 मृतकको श्रीमानले पार्थिव शरिर नेपाल झिकाईदिनुहुन अनुरोध गरेकोले सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले विभिन्न संस्थासंग समन्वय गर्दै सहयोगको अपिल साथै सहयोग अभियान  संचालन गर्ने जनाएको छ । दक्षिण कोरियाबाट  10 बर्ष काम गरेका फर्केका एक जनाले केही दिन अगाडि मात्रै आत्महत्या गरेको खबर सेलाउन नपाउदै यश  दु:खद खबरले दुखी बनाएको छ ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय