Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियमा एक नेपालीले साथीलाई यसरी फसाईदिए , प्रहरीको तारेखमा धाउन बाध्य

मीन बि क दक्षिण कोरिया
दक्षिण कोरियामा रहँदा आफुले गरेका कार्यहरुमा खुशी भएर कतै ब्यक्तिगत विवरण सार्वजनिक गरिराख्नु भएको त छैन ?  कतै त्यसो गर्दै हुनुहुन्छ भने अत्यन्तै ठूलो गल्ती त गरिरहनु भएको छैन ? सोच्दै गर्नुहोला ।
कोरिया एउटा डिजिटल देश हो यहाँ फोन गरेको भरमा धेरै सिष्टमले हाम्रा कागजपत्रहरुलाई प्रमाणको रुपमा मान्न्न सक्छ । फोटो पठाएको भरमा पनि धेरै काम हरु लिन सकिने हुन सक्छ भने फोटोकि कारण झमेला पनि हुन सक्छ ।  त्यसैले आफ्नो ब्यक्तिगत विवरण पोस्ट गर्नुअगाडी धेरै पटक सोच बिचार गरेर पोस्ट गर्नुहोला । सके सम्म ब्यक्तिगत विवरण सार्वजनिक गर्नु हुदैन ।
यसरी नै फेसबुकमा डाईभिङ्ग लाईसेन्स पोस्ट गरेर अहिले दुख पाईरहेका एक जना नेपालीले कहिले  प्रहरी कार्यालय कहिले बैंक त कहिले बिमा कम्पनी धाईरहेका छन । कुरा के भने उसकै आफ्नै  इलिगल साथीले प्रयोग केटिसाथी लाई पछाडि राखेर मोटरसाइकल चलाउदा दुर्घटनामा भएछ । दुर्घटनामा अर्को कोरियनको गाडीमा ठोक्किएर कोरियनको गाडीमा क्षती पुगेको रहेछ ।  दुर्घटना पछि  प्रहरीले लाईसेन्स खोजी गर्दा साथीको फेसबुकबाट फोटो सेभ गरि प्रहरीलाई दिएछ । अहिले त्यो इलिगल साथीलाई प्रहरीले समातेर नेपाल पठाईदिएछ ।
 बिनागलत कार्य हिजो आज प्रहरीको तारेखमा धाईरहनु परेको छ । प्रहरीले 2 बर्ष अगाडि नै जरिवाना तिरिकसकेर बिमा कम्पनिलाई पठाईसकेको रहेछ । बिमा कम्पनिले पैसा नतिरेको कारण देखाएर अहिले बैंक अकाउन्ट् बन्द गरिदिएको छ भने  बिमा कम्पनिले पैसा तिर्नको लागि तरान्तार गोन गरिरहन्छ । आफ्नै साथीको कारण दुख पाईरहेका उनी न्यायको खोजिमा अहिले प्रहरी कार्यालय धाईरहनु भएको छ । आईडिकार्डको दुरुपयोग गरेर सिम कार्ड निकाल्ने हरु पनि छन ।
त्यसैले आफ्नो ब्यक्तिगत विवरण सुरक्षीत राख्नुहोला सार्वजनिक गर्दा अनेक झमेला आउन सक्छन यो त एक उदाहरण मात्रै हो ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय